सोमबार, ६ कार्तिक, २०७४
OnlineKhabar.com

नेपाल टेलिकमको डाटा प्याकेजमा सहुलियत अफर, साउन २८ सम्म पाइने

अनलाइनखबर


२ जेठ, काठमाडौं । आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराएको १ सय वर्ष पूरा भएको अवसरमा नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन देखि शुरु भएको कम्पनीको यो प्रर्वद्धनात्मक अफर साउन २८ गतेसम्म कायम रहने छ ।

कम्पनीले फोरजी डाटा प्याकेज जिएसएम सेवा, अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकहरु यस्तो अफल ल्याएको हो ।

कम्पनीका अनुसार फोरजी डाटा प्याकेज अन्तर्गत ५० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी २ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी १ सय रुपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा, २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, ३ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी २ हजार एमबी डाटा र ५ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ हजार ६ सय एमबी डाटा उपलब्ध गराइएको छ । यो सेवा लिनका लागि जति एमबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्नेछ ।

अल टाइम डेटा प्याक अन्तर्गत स्मल डेटा प्याक (रु.२५ र रु.५०) पनि थप गरिएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी ५० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ सय २५ एमबी डाटा, १ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४ सय एमबी डाटा, २ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८ सय ५० एमबी डाटा र ३ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ हजार ५ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी नाइट डाटा प्याकेज अन्तर्गत २ सय रुपैयाँमा ३ जीबी डाटा र ३ सय रुपैयाँमा ६.५ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म तीस दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ ।

यस्तैगरी फेसबुक तथा इन्स्टाग्राम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी १ सय १० एमबी डाटा उपलब्ध गराइएको छ ।

५० रुपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी २ सय ३० एमबी डाटा, १ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा र २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १ हजार १ सय एमबी डाटा उपलब्ध गराइएको छ । अफरका दरहरु करसहितका हुन् ।

२०७४ जेठ २ गते १९:३४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२३ प्रतिकृयाहरू प्राप्त
  • मातृका खनाल लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते २०:१०

    यसैगरी Voice Pack हरू पनि सरल र शुलभ दरमा उपलब्ध गराउनू पर्यो, सबै ग्राहक Internet सेवाको पहुँचमा छैनन् र सबैले Internet सेवा मात्रै प्रयोग गर्दैनन्।

    14
    0
    Share

  • Angad Titara लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते २०:४०

    नेपाल टेलिकमले टेलिफोन सेवा दिएको १०० बर्ष जेठ ३गते पुग्ने र एक सताब्दि काम सफलता पूर्वक गरेकोमा हार्दिक मंगलमय शुभकामना साथै डाटा प्याकमा सहुलियत दिएकोमा धन्यवाद ।

    11
    2
    Share

  • Jitendra yadav लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते ७:४८

    ncell bhanda ta mahangai Chha ni promotion gare pani tyeti ramro bhaena.

    5
    6
    Share

  • रबिन लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते १०:३६

    voice pack को पनि सुबिधा दिनु पर्यो day voice pack and night voice pack को सुबिधा अगाडी बडाउनु हुन अनुरोध ।

    5
    0
    Share

  • BK लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते ११:०८

    यस्तो योजनाहरुबाट ग्राहकलाई सहुलियत दिने होइन बढी भन्दा बढी आय आर्जन गरेर कर्मचारीहरुमा बोनस वितरण गर्ने हो । ग्राहकलाई सहुलियत दरमा प्याकेज दिने हो भने सहुलियत दरमा २४ घण्टा Unlimited सेवा दिनुस न कि बोनस मुखि नाफा योजना ।

    20
    4
    Share

  • Janardan Parajuli लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते १४:३४

    maile data pack line khojda your sms format is not correct bhanxa. please help kasari 3600 mb ko data pack line

    0
    0
    Share

  • sadhana joshi लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते १४:३९

    how to activate this service

    0
    0
    Share

  • Shahil लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते १४:४१

    Sky phone maa kasari yo sewa linu par6?

    0
    0
    Share

  • Hari लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते १४:५८

    1415 dial gari sunda 2000MB data baki cha vanera majjale download gareko vayeko paisa pani swattai katyo…sytem sudharnu parcha dherai nai….chimeki rastrama euta phone kinyo vane barsavari unlimited data dincha….testo offer lerauanu paryo…internet lai sabaivanda sasto ra ramro banaunu paryo…..

    1
    0
    Share

  • Dinesh लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते १६:१४

    Uncle subscribe garne tarika pani lekhnu vako vaye ramro hunthyo….

    1
    0
    Share

  • KRISHNA लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते १८:४४

    yo post paid GSM ma pani chalchha ?

    4
    0
    Share

  • Din Bahadur Chhetry लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १६:४३

    क्या मज्जाको प्याकेज । म त आजै देखी चलाउन सुरु गरें है ।

    0
    0
    Share

  • Din Bdr Chhetry लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १६:४६

    क्या मज्जाको प्याकेज । म त आजै देखी चलाउन सुरु गरें है ।

    2
    0
    Share

  • uddhb oad लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १७:०५

    day ra night voice pack ko abasar dinuhos

    0
    0
    Share

  • sanam लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १८:३२

    Voice pack dinuparyo

    0
    0
    Share

  • BASANTA लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १०:१३

    NET KO SIGNAL RAMRO PANI TA BANAUNU PARO NI TA KI KASO ?

    0
    0
    Share

  • Ahdani Rain लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ९:४६

    ntc bahoot mahango data pack chha Ncell bhanda sasto gardinu taba hun chha hero of ntc

    0
    0
    Share

  • Ram kumar लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते २२:४४

    Tapaile janata lai kahile samma murkha banai banai sosan harnu hunchha. CDMA jasto ghatiya sanchar prabidhi hamilai kahile samma kinna badhya garaunu hunchha? Hamro ragat chusera tapai kahile samma motaune? Ek din bhundi phutla ni ! Hos garnu hos jindagi ma subidha sabailai chahinchha, tarakki sabailai. Ke garnu badhya bhaera yasto katu SMS pathaunu paryo. Sakaratmak sochle samridhi nimtinchha sayad thaha chha hola.

    1
    0
    Share

  • kran लेख्नुहुन्छ    |   २०७४ जेठ ७ गते ११:१२

    kasari prapta garna sakielaa upay chahiyo.

    0
    0
    Share

  • surya pokharel लेख्नुहुन्छ    |   २०७४ जेठ ८ गते १५:२२

    ncell bhanda dherai mahango bhayo.

    0
    0
    Share

  • shailesh basnet लेख्नुहुन्छ    |   २०७४ जेठ ९ गते १८:०७

    ramro cha

    0
    0
    Share

  • Sitaram s. लेख्नुहुन्छ    |   २०७४ जेठ १० गते ८:२४

    Voice data pack dinu paroni data nachalauneharuko lagi

    0
    0
    Share

  • laxman basnet लेख्नुहुन्छ    |   २०७४ जेठ ११ गते १५:२९

    प्यकेज भएर के गर्ने नेट्वोर्क छैन ncell ले धेरै जसो ठाउमा 3g सुरु गरि सक्यो ntc को 2g पनि दिउँसो घाम हुँदा मात्र चल्छ धेरै जसो दुर्गम ठाँउ मा । जिल्ला को सदरमुकाम मात्र रहेछ ntc के गर्ने म त दिक्क भै सके आजभोलि ntc को सिम फालेर ncell नै राख्नु पर्ला जस्तो लाग्दै छ अब त ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this