Comments Add Comment

रुकुमको मुसिकोट नगरपालिकामा माओवादीका देवीलाल विजयी  

रुकुमको मुसिकोट नगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित देविलाल गौतम र प्रेमकुमारी सुनार केसी ।

२ जेठ, काठमाडौं । रुकुमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका देविलाल गौतम मेयरमा विजयी भएका छन् ।

गौतमले ४,३४० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र केसीले ४१७४ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनारले कांग्रेसका बालकुमारी गिरीलाई पराजित गर्दै विजयी भएकी छन् । सुनारले ४५११ प्राप्त गरेकी छन् भने प्रतिद्वन्दी गिरीले ४१५४ मत ल्याएकी छन् ।

तेस्रो भएका एमालेका मेयरका उम्मेदवार विमल पुनको २३१५ र उपमेयरमा केशरी गौतमले २१५५ मत प्राप्त गरेकी छन् ।

देवीलाल र प्रेमकुमारी माओवादीको तर्फबाट निर्वाचित भएका पहिलो मेयर र उपमेयर हुन् । यससँगै माओवादीले जितेको स्थानीय तहको संख्या ११ पुगेको छ ।

रूकुममा अहिलेसम्म प्राप्त ३० वटा वडाको  अन्तिम मतपरिणाम मध्ये २५ वटामा माओवादी केन्द्र, ४ वटा वडामा नेपाली कांग्रेस र एउटा वडामा एमाले बिजयी भएको छ । रूकुमका ६ स्थानीय तहमध्ये ५ मा माओवादी केन्द्र र एउटामा नेपाली कांग्रेसको अग्रता छ ।

माओवादीले यसअघि रुकुमकै सानीभेरी गाउँपालिका, ललितपुरको कोन्ज्योसोम गाउँपालिका, जुम्लाको हिमा गाउँपालिका, जुम्लाको गुठीचौर गाउँपालिका, डोल्पाको जगदुल्ला गाउँपालिका, डोल्पाको मुड्केचुला गाउँपालिका, कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, हुम्लाको ताजकोट गाउँपालिका र सिन्धुलीको मरिण गाउँपालिकामा विजयी भइसकेको छ ।

–सुर्खेतबाट टेकबहादुर ओलीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment