Comments Add Comment

हुम्लाको नाम्खा अध्यक्षमा माओवादी र उपाध्यक्षमा स्वतन्त्र विजयी

३ जेठ, काठमाडौं । हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएकी छन् ।

माओवादी केन्द्रका विष्णु तामाङले ८३३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका छिरिङ पाल्जोर लामाले ७७९ मत ल्याए ।

यस्तै उपाध्यक्षमा विजयी स्वतन्त्र उम्मेदवार पेमा तामाङले ७०४ मत ल्याइन भने प्रतिद्वन्दी माओवादी केन्द्रकी फूलदेवी लामाले ७०० मत ल्याएकीछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment