Comments Add Comment

धादिङको सिद्धलेक गाउँपालिकामा एमाले विजयी

३ जेठ, धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार प्रेमनाथ सिलवाल ५ हजार ६ सय ७ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बद्री अर्यालले ३ हजार ६ सय ८२ मत ल्याएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै कमला शर्माले जितेकी छिन् । उनले  ५ हजार ५ सय ४४ मत ल्याएकी छिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार लक्ष्मी सिलवालले ३ हजार ८ सय ६५ मत प्राप्त गरेकी छिन् ।

सिद्धलेक गाउँपालिकाको ७ वटा वडामध्ये १, २, ३, ४, ६, ७ मा एमालेले प्यानल नै जितेको छ भने वडा नम्बर ५ मा कांग्रेसको प्यानल विजयी भएको छ ।

सिद्धलेकको वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका चन्द्रबहादुर सिलवालले १ सय ४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद सिलवालले ९२ मत ल्याए ।

त्यस्तै, वडा नम्बर २ मा एमालेका कमलबहादुर गुरुङले १ हजार ८२ मत ल्याई विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका सागर गुरुङले ८ सय ८४ मत ल्याए । वडा नम्बर ३ मा एमालेका देवबहादुर पुलामीले ६ सय ७५ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका लालबहादुर थापाले ६ सय ३१ मत ल्याएका छन् ।

वडा नम्बर ४ मा एमालेका रामहरि बराकोटी ८ सय ९० मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका हर्कबहादुर थापाले ३ सय ९३ मत ल्याए । वडा नम्बर ५ मा कांग्रेसका प्रकाश घले ४ सय ६७ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका तुलकुमार श्रेष्ठले ४ सय ४५ मत ल्याएका छन् ।

यस्तै, वडा नम्बर ६ मा एमालेका टीकाप्रसाद थपलिया ६ सय १ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी   कांग्रेसका हरि नेपालले ४ सय १३ मत ल्याए । वडा नम्बर ७ मा एमालेका लक्ष्मण खतिवडाले ८ सय ९७ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका परशुराम खतिवडाले ७ सय ३८ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment