Comments Add Comment

काठमाडौं महानगरको मतगणना अब एकसाथ १० ठाउँबाट, परिणाम छिटो अाउने

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको सुस्त मतगणनालार्इ गति दिन गणक संख्या थपिएको छ ।

महानगरपालिकामा मतगणना असाध्यै ढिलो भएपछि निर्वाचन आयोगले नै गणक थपेको जनाएको छ । महानगरपालिकामा १० वटा टोली बनाएर गणनाको काम सुरु गरिने निर्वाचन आयोगका प्रबक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

१० वटा टोली बनाएर गणना गरिएपछि महानगरको नतिजा केही छिटो आउने विश्वास लिइएको प्रबक्ता शर्माले बताए ।

मत गणक थपिए पनि महानगरपालिकाको पूर्ण नतिजा आउन भने केही दिन लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment