Comments Add Comment

डोल्पामा एमाले ४, माओवादी र स्वतन्त्र २/२ तहमा विजयी

३ जेठ, काठमाडौं । डोल्पा जिल्लाका सबै ८ स्थानीय तहमा मतगणना सकिएको छ । जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर बुढाका अनुसार बुधबार दिउँसो ८ वटै गाउँपालिकाको मतगणना सकिएको हो ।

सबै तहको नतिजा आएको यो प्रदेश नं. ६ को पहिलो जिल्ला समेत हो ।

डोल्पामा एमालेले काइके गाउँपालिका, ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र शे-फोक्सुण्डो गाउपालिका गरी ४ स्थानीय तह जितेको छ ।

यस्तै माओवादी केन्द्रले जगदुल्ला र मुड्केचुला गाउँपालिका जितेको छ । यहाँका २ वटा गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

छार्का ताङसोङ गाउँपालिका र डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख बुढाले जानकारी दिए ।

छार्कामा स्वतन्त्रबाट उठेका सोनाम गुरुङले एमालेका धोता गुरुङलाई पराजित गरेका हुन् । सोनामले ३०७ र धोताले २८२ मत ल्याए ।

यस्तै उपाध्यक्षमा एमालेका छिरिङ गुरुङले ३५६ मत ल्याएर विजयी भइन भने स्वतन्त्रबाट उठेकी २०९ मत ल्याइन ।

डोल्पो बुद्धमा विजयी स्वतन्त्र उम्मेदवार पेम्बा गुरुङले ५५३ र एमालेका ग्याल्जुङले ३११ मत ल्याइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment