Comments Add Comment

चाँगुनारायण नगरपालिका ६ को मतदान सम्पन्न, मतगणना सम्भवत: आजै थालिने

भक्तपुर ३ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका ६ स्थित साविक नगरकोट गाविस भवन केन्द्रमा बुधबार भएको स्थानीय तहको मतदान सकिएको छ ।

त्यहाँ बैशाख ३१ गते निर्वाचन भए पनि विवाद देखिएको उक्त मतदान केन्द्रको बुथ ‘ख’ मा मतदान भएको हो । ३१ गतेको निर्वाचनमा उक्त बुथमा नवलपरासी जिल्लाको २२ वटा मतपत्र परेको र सो मतपत्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न मादल नभएपछि विवादका कारण चाँगुनारायणको मतगणनामा रोकिएको थियो ।

नेमकिपाले उक्त बुथमा खसेको जम्मा २२ मत बदर गरी पुन: निर्वाचन गर्नुपर्ने माग गरे अनुसार विवाद समाधानका लागि  निर्वाचन आयोगले सो केन्द्रमा पुन: मतदान गरेको हो ।

करिब ८ सय ४० जना मतदाता रहेको उक्त बुथमा बुधबारको मतदानमा ६ सय ८७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३१ गते सो बुथमा ६ सय ८० मत खसेको थियो ।

चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजाराम खड्का, एमालेका सोम मिश्र, राप्रपाका रविन्द्रप्रताप शाह र नेमकिपाका न्हुच्छे फोजु उम्मेदवार छन् ।

यहाँको मतगणना आजै बस्ने सर्वदलीय बैठकको सहमति अनुसार सुरु गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment