Comments Add Comment

खानाको फोटो शेयर गर्ने श्रीमतीलाई लोग्नेले दिए डिभोर्स

त्यो निकै रोमान्टिक डिनर हुनेवाला थियो । तर बिडम्बना दुखद भयो र डिभोर्समा टुंगियो । जोर्डनमा एकजना पुरुषले खानेकुराको फोटो स्न्यापच्याटमा शेयर गरेको झोँकमा श्रीमतीसँग डिभोर्स गरेका छन् ।

जोर्डनको राजधानी अम्मानस्थित एक रेष्टुराँमा डिनरका लागि पुगेका लोग्नेस्वास्नीबीच खानेकुराको फोटो स्न्यापच्याटमा शेयर गरेको विषयमा विवाद हुँदा सम्बन्ध विच्छेद भएको हो । लोग्नेचाहीँले लक्जरी रेष्टुराँमै पत्नीलाई तलाक दिए ।

समाचार अनुसार रेष्टुराँमा डिनर खाने बेलामा पत्नीचाहीँले आफ्नो लोग्नेलाई केहीबेर खाने काम रोकेर फोटोका लागि पोज दिन अह्राइन् । रेष्टुराँमा खाएको फोटो खिचेर स्न्यापच्याटमा शेयर गर्ने उनको मन थियो ।

लोग्नेचाहीँ निकै भोकाएका रहेछन् । रेष्टुराँमा निकै भीड भएका कारण उनीहरुले सुरुमा खानेकुरा पाउनै आधा घण्टाजति पर्खिनु परेछ । तर जब खानेकुरा टेबुलमा आइपुग्यो त्यतिबेला पनि पत्नी चाहीँले फोटो खिचिरहेकी थिइन् । जब पति चाहीँले खाना खान सुरु गर्न थालेका थिए, पत्नीले केहीबेर रोक्न भनिन् र फोटो खिचिरहिन् ।

यसबाट रिसले चूर भएका लोग्ने भडि्कए र पत्नीसँग झगडा सुरु भयो । झगडाले यस्तो उग्ररुप लियो की उनले पत्नीलाई फोटो खिच्नबाट मात्र रोकेनन् उनलाई डिभोर्स दिए र पैसै नतिरी रेष्टुराँबाट बाहिरिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment