Comments Add Comment

धादिङको गल्छी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

अध्यक्षमा निर्वाचित एमालेका उम्मेदवार कृष्णहरि श्रेष्ठ

४ जेठ, धादिङ । धादिङको गल्छी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका कृष्णहरि श्रेष्ठले ६ हजार ५१ मत ल्याई विजयी भएका हुन्  । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद कार्कीले ५ हजार २ सय ६ हजार मत ल्याए ।

उपाध्यक्षमा ६ हजार २८ मतसहित एमालेकी राधा तिमल्सिना विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी मीरा झरी ३ हजार १ सय ८४ मत ल्याएर पराजित भइन् ।

गल्छी गाउँपालिकामा एमाले एक्लै चुनावी मैदानमा उत्रेको थियो भने कांग्रेस र माओवादी केन्द्रले क्रमश: अध्यक्ष र उपाध्यक्षमा तालमेल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment