Comments Add Comment

दोलखाको शैलुङ गाउँपालिकामा एमालेका भरत दुलाल र लालमाया योञ्जनको टिम विजयी

एमालेबाट अध्यक्षमा निर्वाचित भरत दुलाल र उपाध्यक्ष लालमाया योञ्जन

४ जेठ, चरिकोट । दोलखाको शैलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले जितेका छन् । बिहीबार अपराह्न सम्पन्न मतगणनामा एमालेका जिल्ला कमिटी सचिव भरत दुलाल ४ हजार १ सय ५७ मत प्राप्त गरी विजयी भएका हुन् ।

दुलालका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिंहबहादुर तामाङले २ हजार ५ सय ५७ प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्ष पनि एमालेकै लालमाया योञ्जन ४ हजार १ सय ४९ मत प्राप्त गरी विजयी बनेकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै उर्मिला कार्कीले २ हजार ६ सय १९ मत प्राप्त गरेकी छन् ।

दोलखामा यसअघि एमालेले जिरी नगरपालिका र गौरीशंकर गाउँपालिकामा जितिसकेको छ । कांग्रेस-माओवादी गठबन्धनबाट वैत्यश्वर र बिगुमा कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष जितेका छन् ।

तामाकोशी र कालिञ्चोक गाउँपालिकामा मतगणना जारी छ भने मेलुङमा एक मतदान केन्द्रमा पुनः मतदान हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment