Comments Add Comment

यति एयरलायन्स र संयुक्त राष्ट्रसंघले विकासका लागि साझेदारी गर्ने


४ जेठ, काठमाडौं । यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यलयले नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवर्द्धन गर्नका लागि नयाँ साझेदारीको सुरुवात गरेका छन ।

एसडिजीभनेर चिनिने दिगो विकास लक्ष्य पृथ्वीमा रहेका सबै जनता र प्राणीको समृद्धिका लागि सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको अन्त्यएवम् समतामुलक, न्यायसंगत र सुरक्षित विश्व निर्माणका लागि तयार पारिएको साहासिक एवम् विश्व व्यापी दस्तावेज हो ।

यस सहकार्य अन्र्तगत राष्ट्र संघ र यति एयरलायन्सले दिगो विकास लक्ष्यसम्बन्धी जनचेतना जगाउनका साथै आवश्यक सरोकारवालाहरुको परिचालन साथै यसको कार्यन्वयनका लागि सम्बन्धित सरोकारवालाहरु संयुक्त रुपमा पहल गर्नेछन ।
यो सहकार्यले वातावरण परिवर्तन अनुकुलन, गरिबी न्युनीकरण र लैङ्िगक समनता लगायतका क्षेत्रसँग सम्बिन्धत लक्ष्य हासिल गर्ने उड्डयन र पर्यटनको क्षेत्रमा नयाँ र दिगो व्यवसायिक मोडेलको खोजी अवलम्बन एवम् प्रर्वद्धन गर्नेछ ।

नेपाललगायत राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् २०१५ को सेप्टेम्बरमा अवलम्बन गरिएको दिगो विकास लक्ष्य र एजेण्डा २०३० ले विश्वव्यापी लक्ष्य हासिल गर्ने निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रुपमा लिएको छ । दिगो विकास लक्ष्य कार्यन्वयन प्रक्रिया अगाडि बढाउनका लागि साधन स्रोत प्रवृत्ति र नयाँ कार्यका सुरुका लागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेका छ ।

ललितपुरको पुल्चोकस्थित युएन हाउसमा भएको समझदारीपत्रमा युनडीपी नेपालका निर्देशक रेनो मेयर र यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले हस्ताक्षर गरे ।

‘नेपालमा विश्वव्यापी लक्ष्यका लागि यति एयरलायन्सलाई पहिलो निजी क्षेत्रको साझेदारको रुपमा पाँउदा राष्ट्रसंघ खुसी र उत्साहित भएको छ । यसले नेपालको विकासमा निजी क्षेत्रको भूमिका रहेको सन्देश दिएको छ,’ युनडीपी नेपालका निर्देशक रेनो मेयर ले भने ‘दिगो विकास लक्ष्य सरकार र राष्ट्रसंघको मात्र जिम्मेवारी नभई निजी क्षेत्र र नागरिक समाजलगायत सबै नागरिकके जिम्मेवारी हो । यही लक्ष्य हासिल गर्ने सरोकारवालाहरुबीच सबै तहका कार्यक्रमको योजना, कार्यन्वयन र अनुगमनको चरणमा हुने सामूहिक साझेदारीले नै यी लक्ष्य प्राप्तीमा निर्भर रहन्छ ।’

‘हामील्ो उडान मात्र नगरी सम्भव भएसम्म हरेक समाजको विकासका कार्यमा पनि सक्दो सहयोग गर्नु हाम्रो नियमित अभ्यास र पहलकदमी हो,’ यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले भने, ‘जिम्मेवार व्यवसाय गरिरहेको एक कम्पनी भएकाले विश्वव्यापी लक्ष्य हासिल गर्नका लागि राष्ट्रसंघका सँग सहकार्य गर्न पाँउदा हामी खुसी भएका छौं । यस अवसरमा हामी अन्य निजी क्षेत्रलाई समेत राष्ट्रसंघ र नेपाल सरकारसँग हातेमालो गर्दै विश्वव्यापी लक्ष्य हाँसिलमा सघाउन आहृवान एवम् प्रोत्साहन गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment