Comments Add Comment

लक्ष्मी इन्टरकन्टिनेन्टलले जित्यो रिजनल एक्सिलेन्स अवार्ड


४ जेठ, काठमाडाैं । कोरियाली मोटर उत्पादक कम्पनी हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले एशिया तथा प्यासिफिक क्षेत्रको रिजनल एक्सिलेन्स अवार्ड २०१६ हात पारेको छ ।

मे १० तारिखदेखि १३ तारिखसम्म दक्षिण कोरियामा सम्पन्न हुण्डाई ग्लोबल डिस्टि्रीब्युटर कन्भेन्सनमा लक्ष्मीले सो अवार्ड हात पारेको हो ।

हुण्डाइको ५० बषिर्य गौरवपूर्ण यात्राको उपलक्ष्यमा आयोजित कार्यक्रममा १३२ देशबाट २४८ जना हुण्डाई गाडीका वितरक तथा बिक्रेताहरु उपस्थित थिए ।

हरेक बर्ष आयोजना हुने हुण्डाईका प्रमुख कार्यकारीहरुको सम्मेलनका अबसरमा हुण्डाइले पहिलो श्रेणीको अटोमोबाइल उत्पादक बन्न दृष्टिकोणसमेत सार्वजनिक गरेको छ ।

सोही कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टलले क्षेत्रीय रुपमा उत्कृष्ट पर्फमेन्स गरेको भन्दै एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment