Comments Add Comment

ललितपुरको महालक्ष्मी नगरपालिकामा ३ दिनदेखि मतगणना रोकियो

५ जेठ,ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको मतगणना तीन दिनदेखि रोकिएको छ । वडा नम्बर ६ को पुनःमतगणना हुनुपर्ने माओवादीको मागका कारण विवाद भएको थियो ।

सो वडामा ६ मतले कांग्रेस उम्मेदवार बिजयी भएका थिए । निर्वाचन अधिकृत रामप्रसाद घिमिरे निर्वाचन आयोगसँग सल्लाह गर्ने भन्दै हिडेकोमा फर्किएका छैनन् ।

विहीबार सर्वदलीय बैठक बसेर मतगणना सुचारु गर्ने सहमति भए पनि गणना अघि बढ्न सकेको छैन ।

मतगणना रोकिएको कारण खोज्दै एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् भने माओवादी पनि पुनः मतगणनाको माग गर्दै आयोग पुगेको छ ।

निर्वाचन अधिकृत घिमिरेले पुनःमतगणनाबारे निर्वाचन आयोगको निर्णय अन्तिम हुने बताए ।

महालक्ष्मी नगरपालिकाका ५ वडामा एमालेले जितेको छ भने एउटामा कांग्रेसले जितेको छ ।

सोही वडामा पुनः मतगणनाको माग माओवादीले गरेको छ तर कांग्रेसले मानेको छैन । हालसम्मको गणनामा एमालेले ४२३० र कांग्रेसले ३१४५ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment