Comments Add Comment

लमजुङको क्व्होलासोंथर गाउँपालिकामा एमाले विजयी


५ जेठ, लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमाले उम्मेदवार विजयी भएका छन् । कूल ५ हजार २ सय ५५ मत खसेकोमा एमाले उम्मेदवार प्रेमबहादुर घले ३ हजार १ सय ४४ मतका साथ गाउँपालिकाको प्रमुखमा निर्वाचित भए ।

प्रतिद्वन्द्वी कांग्रेसका रघुनाथ गुरुङलाई १ हजार २ सय ४४ मतको फराकिलो अन्तरले हराउँदै घले गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार गुरुङले १ हजार ९ सय मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा ३ हजार ३ सय ११ मत ल्याएर कुमारीमुनी गुरुङ निर्वाचित भएकी छन् । कांग्रेस उम्मेदवार मनकुमारी गुरुङलाई १ हजार ५ सय ६४ मतअन्तरले हराउँदै कुमारीमुनी उपप्रमुखमा विजयी भएकी हुन् । मनकुमारीले १ हजार ७ सय ४७ मत पाएकी छन् ।

९ वटा वडा रहेको क्व्होलासोंथर गाउँपालिकामा २ वडाबाहेक सवै वडा एमालेले जितेको छ । एमालेबाट वडा नं. १ मा पेमा गुरुङ, ३ मा खर्काजंग गुरुङ, ४ मा खिमबहादुर गुरुङ, ५ मा गीतबहादुर गुरुङ, ६ मा मनलाल गुरुङ, ७ मा दिलकुमारी गुरुङ र ९ मा नन्दजंग गुरुङ बिजयी भएका छन् ।

कांग्रेसबाट वडा नं. २ मा बुद्धि गुरुङ र ८ मा राजु गुरुङ वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

लम्जुङमा चार नगरपालिका र चार गाउँपालिका गरी कुल ८ स्थानीय तह छन् । सबै स्थानीय तहमा एमाले र माओवादीले चुनावी तालमेल गरेका थिए । एमालेले सदरमुकाम बेसिशहरसहित सुन्दरबजार नगरपालिका, क्व्होलासोंथर गाउँपालिका र मर्स्याङ्दी गाउँपालिका जितेको छ भने माओवादीले दोर्दी गाउँपालिका जितेको छ । मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।

अब राइनास नगरपालिकाको मत परिणाम आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment