Comments Add Comment

नेपालमा आइफोनको मूल्य घट्यो


५ जेठ, काठमाडौं । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड एयर) को एक मात्र बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोनको मूल्यमा कटौती गरेको घोषणा गरेको छ ।

यो ग्राहकहरुका लागि आइफोन किन्ने सबैभन्दा उपयुक्त समय हुनसक्दछ । जो लामो समयदेखि आइफोन किन्ने चाहना राखिरहेका थिए उनीहरुले अब उत्कृष्ट मूल्यमा आइफोन किन्न सक्ने वितरक कम्पनीले उल्लेख गरेको छ ।

आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.८६, हजार, आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.९९ हजार ८ सय, आइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य रु.१ लाख १२ हजार तोकिएको छ ।

त्यसैगरि आइफोन सेभेन प्लस ३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु. रु.१ लाख ५ हजार, आइफोन सेभेन प्लस १२८ जीबीको मूल्य रु.१ लाख १९ हजार, आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.१ लाख ३२ हजार तोकिएको छ ।

आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य रु.६८ हजार , १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य रु.७८ हजार, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य रु.५२ हजार ५ सय तोकिएको छ ।

आइफोन सिक्स एस ३२ जीबी गोल्ड, रोज गोल्ड, अथवा स्पेस ग्रेको मूल्य रु.७२ हजार ८ सयर आइप्याड प्रो ९.७ स्मार्ट की बोडको मूल्य रु.१७ हजार ५ सय तोकिएको छ । सबै आइफोनहरु विशेष अफरमा उपलब्ध रहेको र आइफोन सेभेन तथा सेभेन प्लसमा १ जीबी एनसेल डाटा प्रति महिना ६ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ताबन्दीमा उपलब्ध रहेको जेननेक्स्टले उल्लेख गरेको छ ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले अनुरोध गरेको छ । आधिकारिताको लागि जेननेक्स्टको होलोग्राम बक्समा हेर्न समेत कम्पनीले सुझाएको छ ।

ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि डब्लुडब्लुडब्लु डट जीनेक्स्टकम डट कममा गएर चेक सर्भिस ट्याकमा आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment