Comments Add Comment

काभ्रेको पनौती नगरपालिकामा एमालेका भीम न्यौपाने र गीता बञ्जारा विजयी

५ जेठ, काठमाडौं । काभ्रेको पनौती नगरपालिकामा नेकपा एमालेले मेयर-उपमेयर र बहुमत सिटसहित विजय हासिल गरेको छ ।

मेयरमा एमालेका भीम न्यौपाने १२ हजार २५६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिदुर बञ्जाराले ९ हजार १९० मत प्राप्त गरे भने माओवादी केन्द्रकी जमुना सापकोटले १ हजार २ सय ३९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहिन् ।

उपमेयरमा पनि एमालेकै गीता बञ्जारा १२ हजार ९९ मत प्राप्त गरेर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अञ्जु रञ्जित केसीले ९ हजार १ सय २८ मत प्राप्त गरिन् भने माओवादी केन्द्रका जगन्नाथ गिरी १ हजार ७ सय ९७ मतमा सीमित भए ।

पनौती नगरपालिकाका १२ वटा वडामध्ये एमाले र कांग्रेसले ६/६ वडा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment