Comments Add Comment

सन्दिप योगी बाँकेमा लागुऔषधसहित पक्राउ

फाइल तस्बी

५ जेठ, नेपालगन्ज । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको खासकुस्मा नजिकै प्रहरी चेकिङ्गमा एक युवा लागू औषधसहित प्रकाउ परेका छन् ।

नेपालगन्जबाट दाङ्गतर्फ जाँदै गरेको बा ८० प २९४४ नं. को मोटरसाईकलमा सवार सन्दिप योगी प्रतिबन्धित लागू औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

‘प्रहरी चेकिङ्गमा आनाकानी गरेपछि खानतलासी लिने क्रममा प्रतिबन्धित तथा लागू औषधको रुपमा रहेको १५ पत्तामा रहेको ५८ ट्याब्लेट नाईट्रोजपाम र १ बोतल कोरेक्स बरामद भएको छ ।’-प्रहरी उपरीक्षक राईले भने ।

लागू औषधसहित प्रहरी नियन्त्रणमा परेका योगीको साथबाट न्यूज २४ अनलार्इनमा कार्यरत रहेको परिचयपत्र समेत भेटिएको प्रहरीले जनाएको छ ।

केही समय पहिला पनि योगीले नेपालगन्जको भेरी अञ्चल अस्पतालमा ‘स्टीङ्ग अपरेशनको’ नाममा अस्पतालमा कार्यरत नर्सिङ्ग स्टाफलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका योगीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याउदै गरेको प्रहरीले जनाएको छ । लोकमान कार्कीको फोटो खिच्ने प्रकरणमा समेत योगी चर्चामा रहेका थिए ।

योगीलाई थप अनुसंधान गरी लागू औषध कारोबार ऐन अन्तरगत कारवाही प्रकृया अघि बढाउने प्रहरी उपरीक्षक राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment