आइतबार, ८ असोज, २०७४
OnlineKhabar.com

सर्वोच्च अदालतद्वारा एलइडी बल्ब खरिदमा अन्तरिम आदेश अस्वीकार

अनलाइनखबर


५ बैशाख, काठमाडौं । सर्वाेच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियालाई रोक्न माग गर्दै परेको रीटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सार्वजनिक खरिद ऐन विपरीत एलइडी बल्ब खरिद हुन लागेको भन्दै यसलाई तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै सर्बाेच्च अदालतमा निवेदन परेको थियो । गत बुधबार अधिवक्ता नारायण चौलागाई र लेखनाथ भट्टराईले अन्तरीम आदेश माग गर्दै निवेदन हालेका थिए ।

तर, शुक्रबार सर्बाेच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रीटबारे बारेमा अर्काे शुक्रबार छलफल गरेर टुङ्गो लगाउने अदालतको निर्णय गरेको छ ।

सरकारलाई भने अदाललतले यसबारेमा कारण देखाऊ आदेश दिएकेा छ । गत, बुधबार परेको निवेदनमा मन्त्रिपरिषद, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उर्जा मन्त्रालय र बिद्युत प्राधिकरण सहित आठ निकायलाई बिपक्ष बनाइएको छ ।

अहिले एलइडी बल्ब खरिद प्रक्रिया नै नपुराई खरिद गर्न लागियो भनेर मन्त्री जनार्दन शर्मा र नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको केहीले आलोचना गर्ने गरेका छन् ।

उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदमा लोडसेडिङ नगर्ने भन्दै देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने योजना बनाएको छ ।

गत फागुन ३ गते बसेको नेपाल भारत उर्जा सचिव स्तरीय बैठकमा भारतले नेपाललाई सस्तो मूल्यमै नै एलइडी बल्ब उपलब्ध गराउने सहमति भएको थियो ।

प्राधिकरणले भारतको पावर मन्त्रालय अन्र्तगतको इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडबाट एलइडी बल्ब खरिद गर्ने योजना बनाएको छ । तर, अदालतमा भने नियम विपरीत गएर बल्द खरिद गर्न लागिएको भन्दै निवेदन परेको छ ।


सार्वजनिक खरिद ऐन ०६३ -पहिलो संशोधन ०७३) को दफा ४१ (घ २) मा ‘अन्तराष्ट्रिय अन्तरसरकारी संस्थासँग सो संस्थाले तोकेको दररेटमा मालसामान वा सेवा खरिद गर्नुपरेमा सोझै खरिद गर्न सकिने’ व्यवस्था छ ।

त्यस्तै सार्वजनिक खरिद सार्वजनिक खरिद (पाँचौं संशोधन) नियमावली, २०७३ को नियम ८५-५ख) मा सार्वजनिक निकायले कुनै अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था वा विदेशी मुलुकको सरकार वा त्यस्तो मुलुकको सार्वजनिक निकायसँग कुनै मालसामान खरिद गर्नु पर्दा त्यस्तो संस्था, सरकार वा निकायबाट निर्धारित बिक्री मूल्यमा सोझै खरिद गर्न सक्नेछ भनेर उल्लेख गरिएको छ ।

भारतीय सरकारी कम्पनी इइएसएलसँग प्राधिकरणले भारु ६५ मा फिलिप्स र ओस्राम ब्राण्डका २ करोड एलइडि बल्ब खरिद गर्न लागेको छ । यो नेपाल आउँदा झण्डै ग्राहकलाई झण्डै १ सय ३५ देेखि ४० रुपैया पर्दछ । जसलाई अहिले ग्राहकले बजारमा ३ सय ५० देखि ४ सय रुपैयाँमा खरिद गरिरहेका छन् ।

यदि प्राधिकरणले बल्ब उपलब्ध गराउन सक्यो भने उपभोक्तालाई बजार मूल्य भन्दा भन्दा ३ गुणा सस्तो पर्छ । २ करोड एलइडी बल्ब ग्राहकलाई वितरण गर्दा २ सय मेगावाट बिजुली बच्ने र योसँगै राज्यको ४० अर्ब रूपैयाँ बचत हुने प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारी बताउँछन् ।

२०७४ जेठ ५ गते १५:०७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२७ प्रतिकृयाहरू प्राप्त
  • rohit ram लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:१२

    Je ma pani rit halne lai jail ma halnu parchha yedi faisale against ma gayo bhanne. Sabai nalayak Nepal main janminu parne, samaj drohi haru…

    28
    0
    Share

  • Lamoghare, Taplejung लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:१५

    GOOD JOB, KUL MAN SIR! YOU MUST GO AHEAD WITHOUT ANY OBSTACLES AND HESITATION..!!

    30
    0
    Share

  • Bhuwan Rajbanshi लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:३३

    चोर अधिवक्ता ……… राम्रा काम गर्यो कि खुट्टा तान्ने अनि तेस्मा राजनीतिकारण गर्ने …. गलत कुरामा बोल्ने अधिवक्ता लाई पनि कानुनि दायरमा लियाउनु पर्छ /

    34
    1
    Share

  • दिपक थापा लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:३४

    समाचार पढदा त बिरोध गर्नु ठिक लागेन वकिल ले रिट हाल्नु के हो मुद्दा  लेख्ने बित्तिकै पैसा पाईन्छ त्यही भएर यी मान्छे वकिलले रिट हाले जस्तो लाग्यो ।

    22
    0
    Share

  • Raju लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:३९

    जुन प्रक्रिया अपनाएर भएपनि, एक दिन मात्रै चाडो एलइडी बल्व खरीद गरेर अहिलेको चर्को मूल्य भन्दा कममा दिए प्रयाप्त हुन्छ । फेरी पनि आउटडेटेड सार्वजानीक खरीद ऐनको चक्करमा पर्न लागीयो भने, आउदो हिउदमा चरम लोडसेडिङको मारमा पर्ने निश्चीत छ । आफु पनि नगर्ने, अरुलाई पनि गर्न नदिनेका बिरुद्ध एकजुट हुन आवाज उठाऔं ।

    32
    0
    Share

  • गजेन्द्र लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:३९

    सतिले सरापेको देशमा जे पनि हुन्छ।

    15
    2
    Share

  • DS Ghimire लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:४१

    PETROL DIESEL jastai garera sasto ma upbhokta laai bhandai CHIMEKI rastra tir nai bechina thalo bhaney ta barbaad hunxa tyesailey VOTER ID laai aadhar manera bitaran garnu parxa jasto lagxa …HAINA RA !

    INDIA IS BEST COUNTRY WHO HELP TO US MORE MORE.

    4
    2
    Share

  • mitra लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:४५

    Bheda haru loadsheding chaiye jangal gayera base hunchha haina bhane kulman biruddha aaune jo kai lai fasi ma chadaunuparchha…

    13
    1
    Share

  • Milan Rai लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:४९

    श्रीमान अधिबक्ता नारायण र लेखनाथज्यू हजुरहरुलाई यात्रा 3 करोड जनताको नभई 1,2 जाना ठेकेदार को किन चिन्ता नि ? हजूरहरुले नी 135 को LED 400 तिरी रहनु भा होला ।

    23
    0
    Share

  • sthir लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:५०

    right dicission of suprim court for all people.dhanyabad le matra pugdaina mataa sellute garchhu.

    10
    1
    Share

  • HariRaj Bhattarai लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:५१

    What a nonsense men are living in Nepal,Are they enemies of Nepalese?why they are behind of Kulman Ghising ,Is to save 400 billion for Nepalese is crime? I think, who they are against of Kulman Ghising are called criminal and enemies of our nation.

    16
    0
    Share

  • suva aracharya लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:५२

    jaga na janta jaga aba rawan harko nas garnau paryo

    13
    0
    Share

  • नेपाली लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:०८

    दफा ४१ मा लेखीएको छ: बिशेष कारणमा G to G अर्थात government to government गरिने कारोबारमा यो नियम लागू हुन्छ। तर बिशेष अधिकार भनेको के लाई हो? कुनै कम्पनि नभए, आजको आजै खरिद गर्न परे। तर अहिले बिशेष अवस्था होइन। त्यसैले यो कार्य टेन्डर मार्फत गरिनु पर्छ।

    1
    34
    Share

  • Indh Shah लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:१०

    Eutale Bhanchha Prakriya pugena arkole bhanchha pugeko chha. Hoina tyo pugeko chhaina bhannele yo yo prakriya banki chha, puryayera purchase gar bhannu ni! tyo ni nasakne ani arkale janahit ma gareko kam ko aalochana matra garne! thuikka Dhature ho!

    2
    0
    Share

  • Mukhale लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:२६

    Emale ha hanuman ra KP oli laai sarborchcha ko Dari jhapad.

    1
    3
    Share

  • dhiraj लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:५४

    those who are hurdling the genuine work should be revealed and punished.
    And I would like to warn to raise the voice from the street in case of failing the plan of respected Mr. KulMan’s plan..

    4
    0
    Share

  • जसराज राई लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:५६

    थुइक्क देशको कु-पुत्रहरू अधिवक्ता नारायण चौलागाई र लेखनाथ भट्टराई |

    21
    0
    Share

  • MBDM लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:१२

    Well done

    0
    4
    Share

  • दुर्गा बराल लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:१२

    तस्कर र ठग व्यापारीहरुका वारेस अधिवक्ता नारायण चौलागाई र लेखनाथ भट्टराईलाइ अाम नेपाल र नेपाली प्रतिको माया भाव जागेर अायोस ।यीनीहरुलाइ श्री पशुपतिनाथले सत्बुध्दी दिउन ।

    16
    0
    Share

  • Mushkan लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:१८

    Yo desh ma kunai manchhe Lai ramro kam garna na dine vo ….jasle jhutha muda Hal chha uslai Kabahi hunoo paryo ….

    3
    0
    Share

  • nishan लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:०६

    मुलुकको सोझो चितााउनेले दुख पाउनु पर्ने । यो कस्तो नियति हो ? जनता सडकमा अोर्ले भने कसले थाम्ला ..?

    11
    0
    Share

  • keshab prasad dahal लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:१२

    commission khori र मतियारहरू haru खान नपाएर सल्रबलाएका ।।। Goli thoknu ni testa commission khori harilai!!

    5
    0
    Share

  • नर बहादुर गुरुङ लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:२७

    नेपालमा बिजुली उतपदान भए देखि नेपाली जनता लाई उज्यालो दिनु पर्छ भनेर सोचेको भन्दा कसरी आनतकर राखेर नेपाली जनतालाई लुटने भन्ने तिरै लाग्यो नेपाल बिदुध प्राधिकरण र लुटियो पनि l बलल अहिले केहि राम्रो काम गर्न खोजेको के थियो फेरि सरकार र बिदुध प्रधिकरण लाई भरसटचारीको माला लगाउन खोज्दै छ के यो कुरा साते हो त

    4
    1
    Share

  • Pranath kc लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:३८

    Kahile kahin paristhiti yesto bhaidincha, sahi-galat chuttyauna khojda, badya bhayera galat lai pani saath dinu parne huncha, bhanna khojeko k ho bhane kul man ghising, kunai pani kon-bata galat hunuhunna bhane janardan Sharma ko barema sankha garne thaun prasasta chhan yini kunai pani halatma chhokha chhainan. Mr. Kul Man ji ta matra mohara hun/bhaye holan ki ??

    0
    4
    Share

  • prem chand लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १९:२२

    yo adhibaktalai panita 400 parne led bulb 135/40 ma kinnuparda desko lodseding antey huda ramro lagdainaki kyaho

    1
    0
    Share

  • sailen menyangbo लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २०:०८

    हिजो १८- १८ घण्टा लोड सेडिङ्ग हुँदा, प्राधिकरणकै कर्माचारीले बिद्युत चोरी गर्दा रिट दायर गर्न नसक्ने महोदय, अब माननीय जनार्दन शर्मा र गगन थापा बिरुद्द रिट दायर गरे राम्रो हुन्थ्यो कि ?

    0
    0
    Share

  • sanyog chamling लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २०:१५

    paisako lagi paap dharmako pani dar mannaxodyou mitraharu?sajjan bhanaudaharu pani MR K.Ghhising lai doshi thanxou?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this