Comments Add Comment

वामदेवले भने-भरतपुरको मतगणना स्वाभाविक प्रक्रिया हो, हल्लाको पछि नलागौं


५ जेठ,काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले शुक्रवार दिनभरी सामाजिक सञ्जालहरुमा भरतपुर महानगरपालिकाको मतगणनालाई लिएर आफ्नो नाम जोड्दै भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहेका गौतमको तर्फबाट महासंघका प्रचार बिभाग सचिव विश्वमणी सुवेदीले जारी गरेको प्रेस नोटमा हल्लाको पछि नलाग्न आग्रह गरिएको छ ।

भरतपुर महानगरपालिकाको मतगणनामा केही समय माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा आउनासाथ सामाजिक सञ्जालमा रेणुलाई जिताएर बामदेवलाई प्रचण्डले प्रधानमन्त्री बनाउने सघाउने हल्ला एकाएक चलाइएको थियो । यो हल्ला सामाजिक सन्जालमा चलाउने र फैलाउनेमा अधिकांश एमाले कार्यकर्ता नै थिए ।

गौतमले यस्तो हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै भनेका छन-मतगणना भइरहँदा उमेम्दारहरुको मतान्तर तल-माथि भइरहनु स्वभाविक प्रक्रिया हुँदाहुँदै यसलाई सरकार परिवर्तनको विषयसँग जोडेर अफबाह फैलाई सुनियोजित, षड्यन्त्रपूर्ण ढंगले बजार हल्ला चलायएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

गौतमले यस्ता हल्लाहरुप्रति भत्र्सना गर्दै कपोलकल्पित बजार हल्ला तुरुन्त रोक्न र नियन्त्रण गर्न समेत सबैमा अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment