Comments Add Comment

कीर्तिपुर नगरपालिकामा एमाले विजयी, नागर्जुनको मेयरमा कांग्रेस


५ जेठ, काठमाडौं । काठमाडौंका १० नगरपालिकामध्ये शुक्रवारसम्म ६ नगरपालिकाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका ६ मध्ये एमाले र कांग्रेसले तीन तीन नगरपालिकामा जित हासिल गरेर कडा प्रतिस्पर्धामा उत्रिएका छन् ।

पछिल्लो नजिता अनुसार कीर्तिपुर नगरपालिकामा नेकपा एमालेले बिजय हासिल गरेको छ । कीर्तिपुरको मेयरमा एमालेका रमेश महर्जन ७३६० मत प्राप्त गरि बिजयी भएका छन् भने निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजकुमार नकर्मीले ६६१६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै सरस्वती खड्का ७६१४ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी बिमला बिष्टले ५११३ मत प्राप्त गरेकी छन् ।

नगरपालिकाका १० मध्ये ७ वडामा एमाले बिजयी भएको छ भने ३ वडामा कांग्रेसले जित हासिल गरेको छ ।

उता नागर्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत ६९६१ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कृष्णहरी खत्रीले ६७२६ मत प्राप्त गरे ।

उपमेयरमा भने एमालेकी सुशीला अधिकारी ६८७१ मत प्राप्त गरि बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी कल्याणी खड्काले ६७९१ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment