Comments Add Comment

चितवन पुगेर प्रचण्डले भने-चुनाव गराउनु नै मेरो जित हो


५ जेठ, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव हुनु नै आफ्नो जित भएको बताएका छन् । कुन पार्टीले जित्छ भन्ने आफ्नो प्राथमिकता नभएको भन्दै प्रचण्डले भने, ‘कांग्रेसले जितेपनि एमालेले जितेपनि देशले जित्छ ।’

चितवनको रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै प्रचण्डले चुनाव कसले जित्छ भन्ने कुनै चिन्ता नभएको बताए । चुनाव गराउनु नै आफ्नो जित भएको उनले बताए ।

उनले दोस्रो चरणको चुनाव गर्नु चुनौतीपूर्ण रहेको बताए । यसबारे छलफल गर्न आफूले आजै बैठक बोलाएको भन्दै उनले भने, ‘यसलाई उत्सवको रुपमा मनाउनुपर्छ र असन्तुष्ट साथीहरु पनि आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment