Comments Add Comment

भक्तपुरमा नेमकिपाका सुनिल प्रजापतीको फराकिलो जित

५ जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदूर किसान पार्टीका सचिव सुनिल प्रजापतीले फराकिलो जित हासिल गरेका छन् ।

पूर्व सभासदसमेत रहेका प्रजापती २५५६८ मतका समथ बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कसुलाले ६५३२ मतमात्र ल्याए । यसर्थमा प्रजापतिले आफ्ना प्रतिस्पर्धीलाई १९०३६ मतले पछि पारे ।

२० बर्षपछि सम्पन्न भएको यस स्थानीय तहको निर्वाचनमा यो नतिजा अहिलेसम्मकै सबैभन्दा फराकिलो मतान्तरको हो ।

मेयरका लागि नेकपा एमालेका उम्मेदवार बिष्णु सुवालले ४२१० र नेकपा माओवादी केन्द्रका सत्यलाल मुलले २४८७ मत प्राप्त गरे ।

भक्तपुर नगरपालिकाको उपमेयरमा नेमकिपाकै रजनी जोशीले २५६६० मल ल्याएर बिजयी भइन् ।

यस्तै, नगरपालिकाको १० वटा वडामा नेमकिपाको पुरै प्यानल विजयी भएका छन् । वडा नं १ मा श्यामकृष्ण खत्री, वडा नं २ मा हरिप्रसाद बासुकला, वडा नं ३ मा राजकृष्ण गोरा, वडा नं ४ मा कुमार चवाल, वडा नं ५ मा प्रेमगोपाल कर्माचार्य, वडा नं ६ मा हरिराम सुवाल, वडा नं ७ उकेश कवां, वडा नं ८ मा महेन्द्र खायमली, वडा नं९ मा रविन्द्र ज्याख्व र वडा नं १० मा लक्ष्मी प्रसाद ह्यौमिखाको पुरै प्यानल अत्याधिक मतले विजयी भएका छन् ।

यो भन्दा अघिको स्थानीय निकाय चुनावमा एक वडा नेपाली काग्रेस र एक वडा राप्रपाले विजयी हासिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment