Comments Add Comment

लमजुङका ८ स्थानीय तहमध्ये ५ मा एमाले, २ मा कांग्रेस र १ मा माओवादी विजयी


६ जेठ, लमजुङ । आठ स्थानीय तह रहेको लमजुङमा ५ स्थानीय तहमा एमाले, २ तहमा कांग्रेस र एकमा माओवादी केन्द्रले जीत हात पारेको छ ।

लमजुङको मुख्य आकर्षणको केन्द्र रहेको दुई नगरपालिका बेशीसहर, सुन्दरबजार नगरपालिकासहित राइनास नगरपालिका र क्व्होलासोँथर र मर्स्याङ्दी गाउँपालिका गरी पाँच स्थानीय तहमा एमालेले जितेको हो ।

कांग्रेसले मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिका गरी २ स्थानीय तह जितेको छ । दोर्दी गाउँपालिकाको प्रमुख पदमा भने माओवादी केन्द्रले जितेको छ ।

नेकपा एमालेले जितेका स्थानीय तह

बेशीसहर नगरपालिकामा मेयर पदका एमालेका गुमानसिंह अर्यालले ७ हजार ६ सय २४ मत ल्याए । उनका प्रतिद्वन्द्वी कांग्रेसका मेयर पदका उम्मेद्वारले ७ हजार ३ सय २७ मत प्राप्त गरे ।

सुन्दरबजार नगरपालिकामा एमालेका जनकराज मिश्रले ४ हजार ९ सय ६९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका बद्रमान श्रेष्ठले ३ हजार ४ सय ८५ मत प्राप्त गरे ।

राइनास नगरपालिकामा एमालेका सिंह बहादुर थापाले ४ हजार २ सय ५७ र उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वार गणेश चिलुवालले ४ हजार ८२ मत प्राप्त गरे ।

मर्स्याङ्दी गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार अर्जुन गुरुङ ४ हजार ७ सय १२ मतका साथ निर्वाचित भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरबहादुर गुरुङले ३ हजार ८ सय ११ मत प्राप्त गरे ।

क्व्होलासोँथर गाउँपालिकामा एमालेका उम्मेद्वार प्रेमबहादुर घले ३ हजार १ सय ४४ मतका साथ विजयी भए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका रघुनाथ गुरुङले १ हजार ९ सय मत प्राप्त गरे ।

नेपाली कांग्रेसले जितेका स्थानीय तह

मध्यनेपाल नगरपालिकामा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे ५ हजार ९ सय ६८ मतका साथ विजयी भए भने उनका प्रतिद्वन्द्वी माओवादीका मोहनहरि पौडेलले ४ हजार ५ सय ४७ मत प्राप्त गरे ।

दुधपोखरी गाउँपालिकामा कांग्रेसका छुपीमाया गुरुङ २ हजार ४ सय १३ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सतिमाया तामाङले १ हजार ७ सय ५६ मत ल्याएकी थिइन् ।

माओवादी केन्द्रले जिल्लामा एकमात्र स्थानीय तह आफ्नो पक्षमा पार्न सफल भयो । माओवादी केन्द्र दोर्दी गाउँपालिकामा विजयी भएको हो । दोर्दी गाउँपालिकामा ३ हजार ६ सय २४ मतका साथ माओवादीका ओमबहादुर गुरुङ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिच्छबहादुर घलेले ३ हजार ३ सय ५१ मत प्राप्त गरे ।

१ लाख ५ हजार ९ सय ९२ मतदाता रहेको लमजुङमा ७७ हजार ४ सय ६९ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment