Comments Add Comment

काठमाडौं ३० मा कांग्रेसको प्यानल नै विजयी, राजुराजले कति मत पाए ?

दलबहादुर कार्की

७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको ३० नम्बर वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसका दलबहादुर कार्की २ हजार २३१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रहे, उनले १ हजार ३६७ मत पाए ।

महिला सदस्यमा सीतादेवी तिवारी, दलित महिला सदस्यमा शर्मिला श्रेष्ठ, महतो सुडी र खुला सदस्यमा मनोजकुमार डंगोल र निरजराज सत्याल विजयी बने ।

१० नम्बर वडामा कांग्रेसका मेयरका उम्मेदवार राजुराज जोशीले १ हजार ३५८ मत ल्याए । यो वडाध्यक्षको भन्दा झण्डै ९ सय कम मत ल्याए । उपमेयरकी उम्मेदवार हरिप्रभा खड्गीले १ हजार ८३१ मत ल्याएकी छन् ।

मेयरमा एमालेका विद्यासुन्दर शाक्यले १ हजार १७९, विवेकशीलकी रञ्जु दर्शनाले १००८ र साझा पार्टीका किशोर थापाले ५८९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment