Comments Add Comment

कमल थापाले किन देखाउन सकेनन् आफ्नै ठाउँमा कमाल ?

७ जेठ, काठमाडौं । मकवानपुरको हेटौंडा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाको गृहनगर । त्यसैले यहाँ कमलले केही कमाल देखाउँछ भन्ने धेरैको अपेक्षा थियो ।

दोस्रो संविधानसभा क्षेत्रमा हटौंडा नगर रहेको निर्वाचन क्षेत्रमा एमालेसँग निकटतम् मत ल्याएर दोस्रो भएको राप्रपाले स्थानीय तहको चुनावमा भने अनपेक्षित परिणामको सामना गर्नुपरेको छ ।

कमल थापा आफैंले भोट खसालेको वडामा पनि राप्रपाको अवस्था निकै कमजोर देखिएको छ । उनले हेटौंडा-५ पिप्लेस्थित बालज्योति माविबाट मतदान गरेका थिए ।

तर, कमल थापाको वडा अध्यक्षमा कांग्रेसका उम्मेेदवारले बाजी मारे । यो वडामा राप्रपा दोस्रो स्थानमा पनि आउन सकेन । वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेश बानियाले १८४८ मत ल्याए ।

बानियाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका ईश्वर ढुंगाना १७४४ मत ल्याउँदा थापाको दल राप्रपाबाट वडा अध्यक्षका उम्मेदवारले ३ सय ४० मत मत ल्याए । राप्रपाका वडा अध्यक्षको उम्मेदवार बलरराम ठकुरी थिए ।

५ नम्बर वडामा ४ हजार ५ सय ३९ मत खसेको थियो । यसमा कांग्रेस-माओवादी गठबन्धका मेयर उम्मेदवार आनन्दराम पराजुलीले १४५८ मत पाए । एमालेका हरिबहादुर महतले २१९७ मत पाउँदा राप्रपाका मधु अधिकारीले ४ सय ५ मत प्राप्त गरेका थिए ।

अहिले राप्रपा हेटौंडाको मेयर र उपमेयरको दौडमा निकै पछि परिसकेको छ । हेटौंडामा पछिल्लो मत परिणमाअनुसार मेयरमा एमालेका महतले १३७६८ मत ल्याएका छन् भने कांग्रेसका आनन्दराम पराजुलीले १३६८५ मत पाएका छन् । राप्रपाका मेयरका उम्मेद्वा अधिकारीले ४ ४८९ मत ल्याएका छन् ।

उपमेयरमा पनि राप्रपा तेस्रो स्थानबाटै पछ्याउँदैछ । उपमेयरमा एमालेले १३९९१ मत ल्याउँदा माओवादीले ९०३३ र राप्रपाले ५१७६ मत ल्याएको छ ।

स्थानीय तह निर्वाचनमा मकवानपुरको ८ गाउँपालिका र १ नगरपालिकामा शून्य भएको राप्रपाले हेटौंडा उपमहानगरपालिकामा जम्मा एउटा पदमा खाता खोलेको छ । कमल थापाको गृह वडाबाट एउटा पदमा राप्रपाले जितेको हो ।

राप्रपाले हेटौंडा-६ बाट आफ्नो खाता खोलेको हो । शनिबार विहान प्राप्त मत परिणाम अनुसार राप्रपाकी शुभद्रा तिमल्सिनाले महिला सदस्यमा जित हात परेकी हुन् ।

उनले नेकपा एमालेकी पि्रया पौडेल र नेपाली कांग्रेसकी शोभा खतिवडालाई पछि पार्दै सदस्य पदमा बाजी मारेकी हुन् ।

कमलथापको घर हेटौंडाको ६ नम्बर वडामै छ । राप्रपाका जिल्ला अध्यक्ष रामहरी न्यौपाने, नगर अध्यक्ष गुरुप्रसाद सापकोटाको घर पनि रहेको ६ नम्बर वडामा राप्रपाले मुस्किलले एउटा खाता खोलेको हो ।

मकवानपुरमा १ सय २ वटा वडामा भएको निर्वाचनमा राप्रपाले अहिलेसम्म प्रतिस्पर्धी शक्तिको रुपमा प्रस्तुत हुन सकेको छैन ।

मकवानपुरको थाहा नगरपालिकामा पनि मेयर र उपमेयरमा उम्मेदवारी दिएको राप्रपा निकै कमजोर देखिएको थियो ।

हेटौंडा उपमहानगरपालिकाको १० वटा वडाहरुको मतगणना सकिँदासम्म एमाले अगाडि छ । एमालेले ६ वटा वडा र कांग्रेस ४ वटा वडामा बिजयी भएको छ । १९ वटा वडा रहेको हेटांैडा उपमहानगरपालिकामा वडा नम्बर २,३,४, १७, १८ र १९ मा एमाले विजयी भएको छ ।

वडा नम्बर १, ५, १६ र ६ मा काग्रेसले जितेको छ । वडा नम्बर १मा कांग्रेसका सबिन न्यौपाने, २मा एमालेका हरि राउत, ३ मा एमालेका राम कुमार पुडासैनि, ४ मा एमालेका नबिन सिग्देल, ५ मा कांग्रेसका राजेस बानियाँ, १६मा कांग्रेसका राम कृष्ण कोइराला, १७ मा एमालेका भैरबबहादुर राई, १८ मा एमालेका अनिल बानियाँ र १९ मा एमालेका नबराज सुबेदी, ६मा अर्जुनप्रसाद चौलागाई विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment