Comments Add Comment

अख्तियार प्रमुखमा बस्नेत र महालेखा परीक्षकमा शर्मा अनुमोदित

७ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस दीप बस्न्यात र महालेखा परीक्षकमा सिफारिस टंकमणि शर्माको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ ।

समितिको आइतबार बसेको समितिको बैठकले बस्न्यात र शर्मा दुबै सिफारिस गरिएको पदका लागि योग्य रहेको ठहर गर्दैै सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभव सबैमा योग्य देखिएकाले अख्तियार प्रमुखमा प्रस्तावित बस्न्यात र महालेखा परीक्षकमा प्रस्तावित शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए ।

यसअघि संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा बस्न्यात र महालेखा परीक्षकमा शर्मालाई सिफारिस गरेको थियो ।

समितिको बैठकमा उपस्थित बस्न्यातले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको आधारमा काम गर्ने अनुसन्धानको क्षेत्रलाई बलियो बनाउने प्रतिवद्धता जनाए । त्यसैगरी शर्माले लेखा प्रणालीको क्षेत्रमा २७ वर्ष बिताएको उल्लेख गर्दै त्यसै अनुभवलाई आधार बनाएर कार्यसम्पादन गर्ने बताए ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेकाले अख्तियार प्रमुख र महालेखा परीक्षक दुबैलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment