Comments Add Comment

काठमाडौं महानगरमा विद्यासुन्दरलाई ११ हजारको अग्रता

कांग्रेस उम्मेदवार राजुराज जोशी र एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य (दायाँ) ।

९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ११ हजारको अग्रता लिएका छन् ।

मंगलबार दिउँसोसम्म करिव १ लाख २० हजार मत गणना हुँदा शाक्यले ३८ हजार ९५५ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार राजुराज जोशीले भने २७ हजार ८७९ मत मात्र पाएका छन् ।

तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रन्जु दर्शना छिन् । उनले १४ हजार ४९९ मत पाएकी छन् । साझा पार्टीका किशोर थापाले ११ हजार १० मत पाउँदा माओवादीका सर्वोत्तम डंगोलले ४ हजार २८२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment