Comments Add Comment

सचिनको बायोपिक हेर्न पुगे साहरुखदेखि आमिरसम्म


‘क्रिकेटका भगवान’ भनिने सचिन तेन्डुलकरको जीवनीमा आधारित बायोपिक चलचित्र ‘सचिनः अ बिलियन ड्रिम्स’को भब्य प्रिमियर शो सम्पन्न भएको छ ।

बुधवार मुम्बईमा आयोजित कार्यक्रममा बलिउडका सुपरस्टारहरु साहरुख खान, आमिर खान, अमिताभ बच्चन सहभागी भए । कान्स फिल्ममा सहभागी भएकी नायिका ऐश्वर्या राय श्रीमान् अभिषेकसँगै सचिनको जीवनी हेर्न पुगेकी थिइन् ।

कार्यक्रममा क्रिकेटका हस्तिहरुको पनि सहभागीता उस्तै थियो । सचिन तेन्डुलकर इण्डियन क्रिकेट टिमलाई लिएर पुगेका थिए । भोली शुक्रबारबाट प्रदर्शन हुने चलचित्रको बुधवार मात्रै दुई पटक शो गरिएको थियो । पहिलो शोमा क्रिकेटका हस्ती सहभागी भएका थिए, दोस्रो शोमा बलिउड कलाकारको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment