Comments Add Comment

दोलखाको मेलुङ गाउँपालिकामा एमाले विजयी

जिल्लाका ९ मध्ये ७ स्थानीय तह जितेर एमाले बन्यो पहिलो शक्ति

 

११ जेठ, दोलखा । दोलखाको मेलुङ गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेले अध्यक्ष र उपाध्यक्ष सहित बहुमत वडा जितेको छ ।

मेलुङको अध्यक्षमा एमालेका नरवहादुर श्रेष्ठ ४४७५ मत प्राप्त गरी बिजयी भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बर्मा लामाले ४ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित श्रेष्ठ एमाले दोलखाका जिल्ला उपाध्यक्ष हुन् ।

गाउँपालिका उपाध्यक्षमा एमालेकी कल्पना भण्डारी ४ हजार ४ सय ९७ मत प्राप्त गरि बिजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्ऽका कृष्णबहादुर कार्कीले ३ हजार २ सय ३२ मत ल्याए ।

मेलुङको वडा नम्बर १, २, ३ र ७ मा एमाले, ४ र ६ कांग्रेस साथै ५ नम्बर वडामा माओवादी केन्ऽ विजयी भएको छ ।

वैशाख ३१ गते मतदान भइरहेका बेला पवटी बुथमा कांग्रेस नेता ताराबहादुर कोइरालाको नेतृत्वमा मतपेटिका लुटिएपछि गोली चल्दा एकजनाको मृत्यु भएको थियो । दोस्रो मतदान जेठ ७गते भएको थियोे ।

मेलुङको परिणाम सार्वजनिक भएसँगै दोलखाका सबै ९ स्थानीय तहको नतिजा आएको छ । जिल्लाका दुवै नगरपालिका सहित ७ स्थानीय तह जितेर एमालेले एकल बहुमत प्राप्त गरेको छ ।

एमालेले भिमेश्वर र जिरी नगरपालिकाका साथै, तामाकोशी, मेलुङ, कालिन्चोक, गौरीशंकर र शैलुङ गाउँपालिका जितेको छ ।

त्यस्तै कांग्रेसले बैत्यश्वर र बिगु गाउँपालिकामा अध्यक्ष जितेको छ भने ती दुवै गाउँपालिका उपाध्यक्ष माओवादीले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment