Comments Add Comment

नेपालका एनजीओसँग सम्बन्ध बढाउँदै चीन


१२ जेठ, काठमाडौं । चीनले नेपालका गैरसरकारी संस्थासँग पनि सम्बन्ध विस्तार गर्ने नीति अघि सारेको छ । नेपालका गैरसरकारी संस्थामार्फत विविध विषयमा अध्ययन अनुसन्धान गर्ने इच्छा चीनले देखाएको हो ।

नेपालका गैरसरकारी संस्थासँगको सम्बन्ध विस्तारबारे छलफल गर्न चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वउपमन्त्री लिउ होङ्काई नेतृत्वमा चिनियाँ विज्ञको ६ सदस्यीय टोली काठमाडौं आएको छ । टोलीले बिहीबार विश्वसम्बन्ध परिषद्का पदाधिकारीसँग छलफल गरेको छ ।

नेपाल चीनबीच दुई साताअघि हस्ताक्षरित बेल्ड एन्ड रोड अवधारणामा आधारित भई जनस्तरको सम्बन्ध विस्तारलाई जोड दिने नीतिअनुसार गैरसरकारी संस्थासँगको सम्बन्ध विस्तारमा जोड दिइएको चिनियाँ टोलीले जनाएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment