Comments Add Comment

हरिप्रभा खड्गी बनिन् काठमाडौंको उपमेयर, बन्यो नयाँ रेकर्ड

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी हरिप्रभा खड्की काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । मेयरमा भने एमालेका विद्यासुन्दर शाक्य विजयी भए ।

१३ दिनसम्म चलेको मत गणना शनिबार मध्यरातमा सकिएपनि औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ ।

उपमेयरमा निर्वाचित खड्गीले निकटमत प्रतिद्वन्द्वीलाई २४ हजार बढी मतान्तरले पराजित गरिन् । यो पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले हात पारेको सबैभन्दा ठूलो मतान्तर हो ।

काठमाडौंकै मेयरमा विजयी शाक्य र उनका निकटमत प्रतिद्वन्द्वी राजुराज जोशीको मतान्तर १९ हजार छ । यस्तै भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित नेमकिपाका सुनिल प्रजापतिले पनि १९ हजारकै मतान्तरमा जित हात पारेका थिए ।

तर, काठमाडौंको उपमेयरमा खड्गीले भने २४ हजार बढी मतान्तरले जित हात पारेकी छन् ।

खड्गीले ५८ हजार ९५२ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए । उनलाई एमालेको पनि समर्थन थियो ।

तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाइन् ।

यो पनि पढ्नुहोस्

हरिप्रभा खड्गीः उपमेयर बन्न लेखेको रहेछ र माननीय भइनछु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment