Comments Add Comment

खगेन्द्र र सुरक्षाको ‘धनपति’ ट्रेलरमा के छ ?

चलचित्र ‘पशुपति प्रसाद’पछि निर्देशक दीपेन्द्र के खनाल र लेखक तथा कलाकार खगेन्द्र लामिछानेप्रती दर्शकको क्रेज बढेको छ । यी दुइले राम्रो चलचित्र लिएर दर्शकमाँझ आउँछन् भन्ने दर्शकको सोच छ ।

असार २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘धनपति’ले पनि सोही सोचलाई पुरा गर्न सक्ला या नसक्ला भन्ने धेरैको कौतहुलता छ ।
काठमाण्डौमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै गर्दा दीपेन्द्र र खगेन्द्रले यो कुराको जवाफ दिने प्रयास गरे । उनीहरुले सबैभन्दा पहिला त यो चलचित्र ‘पशुपति प्रसाद’को सिक्वेल नभएको भन्दै जवाफ दिए ।

शुक्रबार सार्वजनिक भएको ट्रेलरलाई २ लाख भन्दा बढी पटक युटुबमा हेरिसकिएको छ । यो चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रका मुख्य पात्र ‘धनपति’ले शहरमा स्वाभिमानका साथ बाँच्न चाहेको प्रसंगलाई ट्रेलरमा समावेश गरिएको छ । अघिल्लो चलचित्रबाट ‘पशुपति प्रसाद’ बनेका खगेन्द्रले यो चलचित्र हेरेपछि आफुलाई दर्शकले ‘धनपति’ भनेर टिप्पणी गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment