Comments Add Comment

भूकम्पबाट क्षतिग्रस्त ८ लाखमध्ये ४४ हजार घरको पुनःनिर्माण सुरु

फाइल तस्वीर

१४ जेठ, काठमाडौँ । भूकम्पले क्षति भएका ८ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३/०७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो घर आफैँ निर्माण गरेको उल्लेख छ ।

पहिलो किस्ताको रु ५० हजार लिएका पाँच लाख ३३ हजार ६९१ लाभग्राहीमध्ये २५ हजार २६८ ले घरको जग निर्माण गरी दोस्रो किस्ताको रु एक लाख ५० हजार माग गर्दै निवेदन दिएका छन् । यसमध्ये सात हजार ७५९ घर सहरी विकास मन्त्रालय अन्तर्गत खटिएका इन्जिनियरले प्रमाणित गरेका छन् ।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी छ लाख २६ हजार ६९५ लाभग्राही सर्वेक्षणबाट पहिचान भएका थिए ।

यसमा गुनासो सम्बोधनबाट २७ हजार २१८ लाभग्राही थपिए । यसरी कुल छ लाख ५३ हजार ९१३ लाभग्राही अति प्रभावित १४ जिल्लामा पहिचान भएका छन् ।

यसमध्ये पाँच लाख ५४ हजार ६१४ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । एक हजार ४३८ घरधनीले दोस्रो किस्ताको रु एक लाख ५० हजार बुझेको सर्वेक्षणमा उल्लेख गरिएको छ । भूकम्पबाट कम प्रभावित १७ जिल्लामा ‘भेरिफिकेसन मोडेल’ बाट सर्वेक्षण अन्तिम चरणमा पुगेको छ ।

चालु आवको फागुन मसान्तसम्म स्थानीय तहमा दुई लाख पाँच हजार ३३५ गुनासा दर्ता भएका छन् । दर्ता भएको गुनासामध्ये ९३ हजार ३७४ अर्थात् ४५ प्रतिशत फछ्यौट भएका छन् । बाँकी गुनासा फछ्यौटको चरणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment