Comments Add Comment

पारसलाई कीर्तिमय राष्ट्रदीप र जगत टमाटालाई प्रबल जनसेवाश्री

१५ जेठ, काठमाडौं । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गर्ने निर्णय गरेको छ ।

गणतन्त्र दिवस २०७४ को अवसर पारेर ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय भएको छ ।

जसमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारससँगै कीर्तिमानी धावक तथा प्रशिक्षक हरिबहादुर रोकायलाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गरिनेछ । यो मानपदवी ५ जनाले पाउनेछन् ।

क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटालाई प्रबल जनसेवाश्री मानपदवी प्रदान गरिने भएको छ ।

त्यस्तै फुटबलका बिकेश कुथु, तेक्वान्दोकी निशा रावल र उसुकी नीमा घर्तीमगरले सुकीर्ति पदकबाट सम्मानित गर्ने निर्णय सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment