गायिका मिलन अमात्यले आफ्नै युटुब च्यानल सुरु गर्दै नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘फरिया चौबन्दी’ बोलको गीतको भिडियोमा मिलन आफैले पनि मोडलिङ गरेकी छिन् । तौल घटाएपछि भिडियोमा मिलन आफैले पनि मोडलिङ गर्न थालेकी छिन् ।
नेपाली पाश्र्व गायनमा निकै चर्चित मिलन अहिले देश तथा विदेशका कार्यक्रममा सर्वाधिक व्यस्त छिन् । उनै, मिलनले सार्वजनिक गरेको यो गीतमा उत्तम जंग लिम्बुको शब्द र संगीत छ । यो गीत मिलनको तेश्रो एल्बम ‘मिलन संजोग’बाट लिइएको हो ।
मिलनले यो गीतमा डिस्को डान्स गएपनि आफ्नो संकृतीलाई नविर्सिएको भन्दै नयाँ पुस्ताको सन्देश दिन खोजेकी छिन् । नितिन चन्दको सम्पादन, छायांकन र निर्देशन रहेको यो भिडियोमा जुना सन्दास, विशाल सापकोटा र अर्जुन गौतमको अभिनय छ ।
यो गीतमा मोडल एलिसा राइले अतिथी भूमिकामा काम गरेकी छिन् । मिलनको स्वर, मन छुने शब्द र मोडलहरुको अभिनयका कारण यो गीत र भिडियो दमदार बनेको छ ।