Comments Add Comment

कस्तो चल्यो ‘हिटलर’ ?


शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘हिटलर’लाई हेर्ने दर्शकले मन पराएको यसका निर्देशक सौरभ ढकालले बताएका छन् । शुक्रबार चलचित्रको अकुपेन्सी ५० प्रतिशत भन्दा माथि रहेको र शनिबार ७० प्रतिशतको आसपासमा रहेको निर्माणपक्षले जानकारी दिएको छ ।

चलचित्र हेर्ने अधिकांश दर्शकले कलाकारद्धय मेनुका प्रधान र ए गुरुङलाई रुचाएका छन् । प्रचारमा खासै नहिडेका यी कलाकारलाई दर्शकले मन पराएको र ए गुरुङ पर्दामा देखिदा दर्शकले हुटिङ गरेको निर्देशक ढकालको भनाई छ ।

यसबाहेक, यसअगाडि केही चलचित्रमा अभिनय गरेर पनि खासै चर्चामा नआएका नायक सोहित मानन्धरलाई दर्शकले यसमा भिन्न शैलीमा देखेका छन् । सोहितले चलचित्र रिलिज अगाडि ‘हिटलर’ आफ्ना लागि कोशेढुंगा हुने बताउँदै आएका थिए । लोचन घिमिरेको संगीतमा तयार भएका गीतसंगीतलाई पनि दर्शकले रुचाएका छन् ।

निर्देशक ढकालले भने-‘चलचित्रको व्यापार औषत हो । तर, हेर्ने दर्शकले मन पराउनु भएको छ । वर्ड अफ माउथले व्यापार बढ्नेमा आशावादी छौ ।’

अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, ए गुरुङ, नव-नायिका सामिया बर्तौलाको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment