Comments Add Comment

काठमाडौंको चुनावः माओवादी जमानत जफत, यिनले हालेनन् आफैंलाई भोट

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत भएको छ ।मेयर उम्मेदवार सर्वोत्तम डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुबैको जमानत जफत भएको हो ।

डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए । पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन् ।

नियमअनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको घरौटी जफत हुने प्रावधान छ ।

उता, महानगरपालिका र नगरपालिकाको प्रमुख पद दाबी गर्दै उम्मेदवारी दिएका कतिपयले आफैंलाई समेत भोट नहालेको भेटिएको छ ।

वैशाख ३१ मा भएको निर्वाचनमा काठमाडौं महानगरपालिकासहित केही नगरपालिकाबाट प्रमुखमा उममेदवारी दिएका १६ जनाले मत नहालेका हुन् । उनीहरुले एक मतसमेत प्राप्त गर्न नसक्नुबाट उम्मेदवारले आफैंलाई भोट नहालेको प्रष्ट हुन्छ ।

प्रमुख पदमा उम्मेदवार बनेका १४ जनाले आफ्नो मात्र एक मत पाएको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment