Comments Add Comment

चुनावी तालमेल उपलब्धीहीन भएको एमाले निष्कर्ष, दोस्रोमा एक्लै भिड्ने

१६ जेठ, काठमाडौं । एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ ।

पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको आजको नागरिक दैनिकमा खबर छ ।

नेपाली कांग्रेससँग मुख्य प्रतिष्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो ।

‘पहिलो चरणको गठबन्धन प्रभावकारी बन्न सकेन, त्यसको विभिन्न कारण होलान । समीक्षा हुन्छ,’ एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘दोस्रो चरणमा पनि संगठन र मुद्दाको बलमा लड्ने हो । आमरुपमा एक्लै लड्छौं ।’

उनले स्थानीय तहको आवश्यकता आधारमा चुनावी गठबन्धन नकार्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment