Comments Add Comment

रुपन्देही, नवलपरासी र कपिलवस्तुको सीमा ४८ घण्टा बन्द हुने

१६ जेठ, भैरहवा । दोस्रो चरणको स्थानीय चुनावलाई मध्यनजर गर्दै रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका सीमानाका ४८ घण्टा बन्द हुने भएका छन् ।

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल र भारतका स्थानीय अधिकारीहरुको बैठकले निर्वाचन अघि ४८ घण्टा सीमा बन्द गर्ने र सुरक्षा सतर्कता बढाउने निर्णय गरेको हो ।

स्थानीय निर्वाचन तथा अन्य सीमा सरोकारका बिषयमा छलफल गर्न मंगलवार रुपन्देहीको भैरहवामा दुई देशका अधिकारीहरुको संयुक्त बैठक बसेको थियो ।

बैठकमा भारत उत्तर प्रदेशका महाराजगञ्ज, सिद्धार्थनगर र बलरामपुर जिल्लाका प्रतिनिधि तथा सुरक्षा प्रमुखहरु सहभागी थिए ।

बैठकले निर्वाचन तथा सीमा अपराधका अन्य बिषयहरुमा स्थानीय अधिकारीहरुबीच समन्वय गरी सूचना आदान-प्रदान गर्ने तथा सीमामा संयुक्त गस्ती गर्ने जस्ता निर्णयहरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।

त्यस्तै सीमा अतिक्रमण हुन नदिने, लागूऔषध नियन्त्रणमा पनि एक अर्काबीच समन्वय गर्ने सहमति भएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भारत महाराजगञ्ज जिल्लाका प्रमुख विरेन्द्र कुमार सिंहले नेपालमा हुन गइरहेको स्थानीय तह निर्वाचनलाई सफल गराउन आफूहरुले पूर्णसहयोग गर्ने र एकअर्काबीच समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment