Comments Add Comment

रञ्जु र किशोरलाई देखाउँदै विद्यासुन्दरले भने- सबै मिलेर बस्नलायक काठमाडौं बनाउछौं

महानगरका प्राथमिकता- फोहोर र खाल्डा सडकदेखि ठूला पूर्वाधारसम्म

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिको सपथग्रहण समारोहमा कांग्रेसका राजुराज जोशी बाहेक मेयरका अन्य सबै प्रमुख प्रतिस्पर्धी उम्मेदवारले सहभागिता जनाएर लोकतन्त्रको सुन्दरता प्रदर्शन गरेका छन् ।

सपथग्रहण समारोहमा तेस्रो लोकपि्रय मत पाउने रन्जु दर्शना, चौथो स्थानमा रहेका किशोर थापादेखि संघीय समाजवादी फोरमका पवित्र बज्राचार्य समेत सहभागी थिए । सपथग्रहण समारोहमा उनीहरुलाई सम्बोधन गर्दै शाक्यले भने- अब हामी सबै मिलेर महानगर बनाउने हो ।

मेयर शाक्यले काठमाडौंलाई हेर्न लायक मात्रै नभएर बस्नलायक शहर बनाउने प्रतिवद्धता जनाए । उनले फोहोर र सडकको खाल्डाखुल्डी ब्यवस्थापनका साना कामदेखि महत्वपूर्ण शहरी पूर्वाधार निर्माणसम्मका कामलाई अघि बढाइने बताए ।

शाक्यले भने, ‘हाम्रा शहरमा भूकम्पका कारण जीर्ण भएका जनताका थुप्रै घर पनि छन् । हामी स्थानीय सरकारको पहिलो निर्णय यस्तै महत्वपूर्ण विषयमा गर्छौं ।

शाक्यले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै स्थानीय चुनावमा कुनै व्यक्ति वा पार्टीभन्दा पनि देशले जितेको बताए । उनले भने, ‘संविधान कार्यान्वयनका लागि यो निर्वाचन आवश्यक थियो । यो निर्वाचन नभएको भए देश नै हार्थ्यो । आज कसले जित्यो भन्नुभन्दा पनि महत्वपूर्ण देश जितेको छ ।

उनले चुनावका क्रममा काठमाडौंमा पार्टीहरुबीच र उम्मेदवारहरुबीच ठूला आरोप-प्रत्यारोप नचलेको स्मरण गराउँदै अब पनि विकासका लागि सबै दल एकमत भएर अघि बढ्नुपर्ने बताए ।

मेयर शाक्यले भने- लेखार्इ फरक थियो होला । तर, सबैका घोषणापत्रमा आएका विषय उस्तै थिए । त्यसैले विकासको एजेण्डामा हाम्रो दुईमत हुने अवस्था रहँदैन भन्ने विश्वास छ ।

उनले ३२ वटै वडामा समान किसिमले विकास पुर्‍याउन महानगरपालिका लाग्ने बताए । उनले एमाले जितेका वडामा मात्रै विकास जाला भन्ने भ्रम नराख्न आग्रह गरे ।

‘अरुले जितेका वडामा हामी कम मतान्तरमा हारेका छौं । त्यसैले कसैलाई विभेद गरिँदैन,’ शाक्यले भने, हामी सबैको उद्देश्य एउटै हो । असमझदारी चिरेर अघि बढ्नैपर्छ । पहिलो बैठकको ऐजेण्डा पनि मैले उपप्रमुख ज्युसँगको सल्लाहमा नै तय गरेको छु ।’

उपमेयरले भनिन्- सम्पदा पुनर्निर्माणमा प्राथमिकता

कार्यक्रममा काठमाडौं महानगरपालिकाका नवर्निवाचित उप-मेयर हरिप्रभा खड्गीले पनि काठमाडौंलाई बस्नयोग्य शहर बनाउनु नै मुख्य चुनौति भएको बताइन् । त्यसैका लागि आफूले सबैसँग मिलेर काम गर्ने उनले बताइन् ।

उनले काठमाडौंको पर्यटकीय महत्वलाई चिनाउँदै भूकम्पबाट क्षति पुगेका सम्पदाको पुनर्निर्माणमा पनि प्राथमिकता दिएर काम गरिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment