Comments Add Comment

शाहरुखको फिल्ममा कट्रिना र अनुष्काको पुनर्मिलन

बलिउड सुपरस्टार शाहरुख खानको आगामी फिल्ममा ‘जब तक है जान’ का दुई हिरोइनहरुको पुनर्मिलन हुने भएको छ । यी दुई हिरोइन हुन्, कट्रिना कैफ र अनुष्का शर्मा ।

यस फिल्ममा कट्रिना कैफले अभिनय गर्ने पहिल्यै निधो भएको थियो । अर्को हिरोइन को हुने भन्ने बारेमा धेरै अडकलबाजीहरु भइरहेका थिए । अहिले निर्माण पक्षले अनुष्का शर्माको नाम फाइनल गरेको हो ।

आनन्द एल रायले निर्देशन गर्ने यस फिल्मको नामसमेत तय हुन बाँकी छ । तर शाहरुखले अभिनय गर्ने भन्नेबित्तिकै फिल्मका बारेमा कौतुहल बढेको छ । यो फिल्मको निर्माण रेड चिजिज इन्टरटेनमेन्ट र कलर्स येलो प्रोडक्सनले संयुक्तरुपमा गर्न लागेका हुन् ।

निर्देशक रायले एउटा अन्तरवार्तामा भने, ‘मेरो आगामी फिल्ममा शाहरुख खान र कैटरिना कैफको साथमा अनुष्का शर्माको प्रवेशबाट म उत्साहित छु ।’

उनले अनुष्काको लुक्समाथि अहिले आफूले काम गरिरहेको जनाएका छन् । यो फिल्म सन् २०१८ को क्रिसमसमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment