Comments Add Comment

काठमाडौंमा विरुवा हैन, रुख रोप्ने योजना ! किनिँदैछ ‘ट्री ट्रान्सप्लान्टर’


१९ जेठ, काठमाडौं । कुनै विकासका काम गर्दा निर्माणस्थलमा हुर्किएका रुख छन् भने नकाटी सुखै छैन । शहरमा कतै रोपेको विरुवा हुर्काउन ठूलै मेहेनत गर्नुपर्छ । तर, अब काठमाडौं महानगरपालिकाले हुर्किएका रुखरुलाई पनि सार्न चाहेको स्थानमा सकिने गरी ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन किन्ने भएको छ ।

यसका लागि अबको २-३ दिनभित्रै टेण्डर निकालिने महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘हामी अब तत्काल २ वटा ट्रान्सप्लान्टर किन्दैछौं, टेण्डर निकाल्न अन्तिम तयारी भइरहेको छ । टेक्निकल स्पेशीफिकेशनसहित अब बोलपत्र आह्वान गर्न धेरै दिन लाग्दैन ।’

यो मेसिन आएपछि विजकासका काम गर्दा काठमाडौं उपत्यकामा हुर्किएका रुखहरु काट्नुपर्ने बाध्यता हट्नेछ ।

‘अहिले सडक छेउमा विरुवा हुर्काउन निकै समस्या छ । अब हामी अन्त विरुवा हुर्काएर सडकमा ट्रान्सप्लान्ट गर्न सक्छौं’ पौडेलले भने, ‘यो मेसिन आएपछि शहरमा हरियाली प्रवर्द्धन गर्न विभिन्न स्थानबाट हुकर्किएका रुख ल्याएर रोप्न सक्छौं ।’

के हो ट्री ‘ट्री ट्रान्सप्लान्टर’ ?

ट्री ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन विदेशमा खासै नयाँ प्रविधि हैन । नपालमा भने अहिलेसम्म यस्तो प्रविधि भित्रिएको छैन । महानगरपालिकाले १० देखि २० फिटसम्मका रुख सार्न मिल्ने किसिमको मेसिन ल्याउने भनेको छ ।


यस्तो मेसिनले एक ठाउँको विरुवालाई जेरैबाट उखेल्छ । त्यसको आकारमा सार्नपर्ने ठाउँमा तयार गरिएको खाल्डोमा यसले रुख सारिदिन्छ । अहिले विरुवा नै रोप्नुपर्ने बाध्यता यसले हटाइदिन्छ ।

महानगरपालिकाले यसपछि बिरुवा हुकाउन समस्या हुने सार्वजनिक स्थलमा रुख नै रोप्ने गरीअभियान थाल्ने जनाएको छ ।

अहिले विरुवा रोप्दा पैदलयात्रुले निमोठ र बढ्नै नदिने, संरक्षणको अभावमा मर्ने, सवारीले कुल्चिदिने लगायतका समस्या छन् ।  जसले काठमाडौंमा हरियाली प्रवर्द्धनका लागि खासै काम नै हुन सकेको छैन ।

नमुना भिडियो हेर्नुस्,कस्तो हुन्छ ट्री ट्रान्सप्लान्टर ?

ब्रुमर पनि किन्दै महानगर

यस्तै काठमाडौं महानगरपालिकाले यसै आर्थिक वर्षभित्रै ५ वटा ब्रुमर मेसिन किन्ने भएको छ । राती सडक पखाल्न सुरु गरिसकेको महानगरपालिकाले १८ करोड खर्चेर ५ वटा ब्रुमर खरिदका लागि अर्थमन्त्रालयबाट रकम निकासा पनि पाएको छ ।

सडक बढार्ने र धुलो तान्ने ब्रुमर किन्न ९ करोड रुपैयाँ महानगरपालिकालाई अर्थ मन्त्रालयले निकासा दिएको छ ।

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे छन् । घाम लाग्दा बुङ्बुङ्ती उड्ने धुलो र पानी पर्दा हिलो हुने हुँदा काठमाडौंबासीले सास्तीमात्रै खेप्नु परेको छैन, वायुप्रदुषण पनि ह्वात्तै बढेको छ ।

यही समस्याको समाधानका लागि रातीको समयमा सडक पखाल्ने कामलाई पनि जारी राखिएको अधिकृत पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment