Comments Add Comment

भैरहवामा तालमेलको चक्करले उम्मेदवार घोषणा गर्न अलमल

१९ जेठ, भैरहवा । रुपन्देही सदरमुकाम भैरहवा (सिद्दार्थनगर नगरपालिका)  मा कतिपय राजनीतिक दलहरु चुनावी तालमेलको चक्करमा अलमलिएपछि उम्मेदवारको घोषणा अन्यौलमा परेको छ ।

देशका ३ वटा प्रदेशमा सम्पन्न पहिलो चरणको स्थानी तह निर्वाचनमा राप्रपा र एमाले तथा सत्ता पक्ष नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको तालमेलले दोस्रो चरणमा पनि तालमेल हुने सम्भावना देखिएको थियो । यसै कारण भैरहवामा राप्रपाले उपमेयर पदको उम्मेदवार घोषणा गरेको छैन । र, नेकपा माओवादीले मेयर र उपमेयर दुवै पदको टुंगो लगाएको बताए पनि घोषणा गरेको छैन ।

भैरहवामा ०५४ को निर्वाचनमा राप्रपा र एमालेबीच तालमेल गरेर मेयरमा राप्रपा र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए । तर अहिलेको परिवेशमा अन्य स्थानमा राप्रपासाग तालमेल गर्दा एमालेले आफ्ना सुरक्षित ठाउाहरु समेत गुमाउनु परेको भन्दै एक्लै चुनाव लड्ने मनस्थितिमा देखिन्छ ।

०७० को संविधानसभा निर्वाचनमा भैरहवामा राप्रपाका नेता दिपक बोहरा विजय भएका थिए । पुनः भैरहवामा आफ्नो दलको झण्डा फरफराउनका लागि राप्रपाले तालमेलको चक्करमा भैरहवामा सम्पुर्ण पदको उम्मेदवारको नामवाली घोषणा गरेपनि उपमेयर उम्मेदवारको नामवली घोषणा गरेको छैन ।

राप्रपाले एमालेसाग तालमेल गरी एमालेलाई उपमेयर दिएर चुनावी मैदान उत्रिन खोजेको बुझिएको छ । तर ग्राउन्डमा लेबलमा एमालेले मेयर पद छाड्न मानेको छैन । तर पनि राप्रपा र एमालेबीच तालमेलको कसरत भने जारी छ । तर पहिलो चरणको अनुभवले एमाले राप्रपासाग तालमेल गर्न इच्छुक देखिएको छैन । जिते पनि हारे पनि एक्लै लड्ने र जनताको वास्तविक मत कति रहेछ भनेर जााच गर्ने पक्षमा एमाले देखिएको छ । भैरहवमा एमालेसाग तालमेलको लागि दिपक बोहराले एमालेका केन्द्रीय नेतालाई कत्तिको प्रभावमा पार्न सक्छन् भन्ने हेर्न बााकी छ ।

एमालेले भैरहवामा मेयर पद राप्रपालाई दिएर चुनावी मैदानमा उत्रिएमा राप्रपाले जिल्लाको अधिकांश तहमा एमालेलाई सहयोग गर्न सक्ने देखिन्छ । राप्रपाका प्रभावशाली नेता तथा पूर्वमन्त्री समेत रहेका बोहोराको गृहनगर भएका कारण पनि भैरहवाको हार-जितसाग बोहोराको प्रत्यक्ष नाम जोडिने बताइन्छ । यस कारण पनि जसरी पनि भैरहवामा राप्रपाकै जित निकाल्नु पर्ने सांसद बोहारामाथि नैतिक दवाव छ ।

यता राप्रपा एकल चुनावी मैदानमा उत्रिएमा निर्वाचनमा विजयी हुन धेरै गाह्रो पर्नेछ । भैरहवा र आसपासको क्षेत्र बाहेक राप्रपाको संगठन मजबुत छैन । तर राप्रपालाई आउने मत नेता बोहराको नाममा आउने भने पक्का छ ।

तालमेलको लागि भैरहवाको हकमा एमालेले ढोका बन्द नगरेको नेकपा एमालेका केन्द्रीय सदस्य लिला गिरीको भनाइ छ । उनले भैरहवामा राप्रपासहित माओवादी केन्द्र लगायतका दलहरुसाग वार्ता भइरहेको र आवश्यक परेमा कुनै पनि दलसाग तालमेल गरेर चुनावी मैदानमा उत्रिने बताए ।

यता नेकपा माओवादी केन्द्र पनि तालमेल गरेरै चुनावी मैदानमा उत्रिने दाउामा छ । माओवादी एकल रुपमा चुनावी मैदानमा उत्रिएमा राम्रो स्थान हासिल गर्न नसक्ने स्थानीयको आाकलन छ । त्यसैले उसले भैरहवामा उम्मेदवारको अन्तरिकरुपमा टुंगो लगाएपनि घोषणा भने गरेको छैन ।

माओवादीले भैरहवाको मेयर पदमा फैज अहमद खाान र उपमेयरमा कमला थापालाई उतार्ने निर्णय गरिसकेको छ । तर विना तालमेल चुनावी मैदानमा गए जित हासिल गर्न नसक्ने बुझेको माओवादीले तालमेलको दाउमा उम्मेदवारको नामावली घोषणा गर्न सकेको छैन । माओवादीले विभिन्न दलहरुसाग वार्ता जारी राखेपनि अहिलेसम्म कुनै दलसाग कुरा मिलेको छैन ।

यदि राप्रपा र एमालेको तालमेल गरेमा कांग्रेसलाई गाह्रो पर्ने छ । त्यसैले कांग्रेसले माओवादी केन्द्रसाग तालमेल गरेर चुनावी मैदानमा उत्रिने बुझिएको छ ।

त्यस्तै भैरहवामा कांग्रेसबाट मेयरका आंकाक्षी ६ जना छन् । कांग्रेसका मेयरको उम्मेदवारको स्थानिय स्तरमा टुंगो लाग्न नसकेपछि उनीहरुको फाइल केन्द्रीय छनौट समितिमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment