Comments Add Comment

‘गेम चेञ्जर’ टाटा जेस्टः यसरी भयो सेडानमा सर्वश्रेष्ठ


२१ जेठ, काठमाडौं । डिजेल कारको ठूलो मार्केट नभएको नेपालमा टाटाको पहिलो कम्प्याक्ट सेडान ‘इन्डिगो’ले ब्यापक बजार लिन सकेन । तर, त्यसपछि जब टाटाले जेस्टलाई डिजेल र पेट्रोल दुबै भर्सनमा नेपाल प्रवेश गरायो, त्यसले सेडान मार्केटमा एउटा तरङ्ग मात्रै ल्याएन र नेपालकै सबैभन्दा बढी रुचाइएको सर्वश्रेष्ठ सेडान बन्न पुग्यो ।

नेपालमा लञ्च भएकै दिन ठूलो संख्यामा बुकिङ भएपछि उत्साहित भएको कम्पनीले जेस्टबाट नेपालमा सेडान बजारमा एउटा ‘भ्राइब्रेन्ट क्रियट’ गर्‍यो । बलियो प्रतिस्पर्धीका रुपमा उभ्याएर टाटाको ‘गेम चेञ्जर’ प्रोडक्टका रुपमा स्थापित गर्‍यो ।

बिल्कुल फरक डिजाइन र फिचर्समा आएको जेस्टको फ्रन्ट लुक्सको जति चर्चा भयो, रेयर लुक्सलाई त्यो भन्दा बढी रुचाइयो । इभिनिङ टाइममा देखिने यसको रेयर लुक्सको चर्चा विश्वबजारमा नै भयो ।

टाटा गाडीले आफ्नै फिलोसोपीमा तयार गरेको जेस्ट अहिले नेपालमा मध्यमवर्गदेखि सेलिब्रेटिसम्मको रोजाइमा पर्नुले यसका विशेषतालाई प्रतिबिम्बित गर्छ । नायिका प्रियंका कार्की र क्रिकेटर ज्ञानेन्द्र मल्ल लगायतले चढिरहेको जेस्ट सबै कोणबाट नेपालमा सबैभन्दा धेरै रुचाइएको सेडान बनेको छ ।

झण्डै ३० प्रतिशत बजारहिस्सा लिएर जेष्ट अहिले नेपालको नम्बर-१ सेडान बनेको टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ ।

कम्पनीका असिस्टेन्ट जेनेरल म्यानेजर अर्जुन कार्की ‘टाटाले पनि कार बेच्छ र ?’ भन्ने सोचाइ राख्नेहरुका लागि जेस्ट एउटा गतिलो जवाफ बनेको बताउँछन् ।


‘यो गाडी पहिलोपटक देख्ने बित्तिकै हाम्रो टिमको कन्फिडेन्ट लेभल नै हाई भएको थियो । हामी यो प्रोडक्टले नेपालमा एउटा कमाल नै गर्न सक्छ भनेर त्यतिबेला नै विश्वस्त भएका थियौं’ कार्की भन्छन्,’आज त्यो यथार्थमा बदलिएको छ । जेस्ट कम्प्याक्ट सेडान मात्रै नभएर यो पुरा सेडान सेगमेन्टमा नै सर्वाधिक रुचाइएको गाडी बनेको छ ।’

नेपालमा टाटा सुमोको सफलतापछि जेस्टले साना गाडीमा टाटालाई कुनै सेगमेन्टमा पहिलोपटक नम्बर १ बनाएको छ । यसलाई सिप्रदीले गेम चेञ्जर गाडीका रुपमा संज्ञा दिएको छ । कम्प्याक्ट भएर पनि सेडान सेगमेन्टमै यति उत्कृष्ट सावित हुन जेस्टको अाफ्नै फिचर्स नै बलियो अाधार बन्यो ।

‘ह्याचब्याक छाडेर ठूलो सेडान र एसयुभीमा जान नचाहाने र नसक्नेहरुलाई योभन्दा उपयुक्त गाडी अर्को छैन’ म्यानेजर कार्की भन्छन्, ‘टाटाको आफ्नै फिलोसपीमा बनेको जेस्टले नेपालमा गरेको पर्फमेन्सबाट कम्पनी मात्रै हैन ग्राहक पनि सन्तुष्ट छन् ।’

यसले टाटाको रिसेल भ्यालुको प्रश्न पनि चिरेको छ । ठूलो संख्यामा जेस्ट सडकमा छाएको छ । नेपालमा आएको २ वर्ष नाघ्दा पनि जेस्ट अहिलेसम्म रिकन्डिसन मार्केटमा देखिएको छैन ।

‘गाडीले राम्रो पर्फमेन्स दिँदासम्म रिकन्डिसन मार्केटमा आउने कुरा नै हुँदैन’ सेल्स म्यानेजर कार्कीले भने, ‘यदि रिसेलमा आयो भनेपनि यो कमजोर हुँदैन । किनभने जेस्टले बजारमा उत्कृष्ट पर्फमेन्स दिएको कुरा अटोबजारमा सबैलाई जानकारी छ ।’


नेपाली सडक सुहाउँदो भएकाले नै जेस्ट नेपालमा उत्कृष्ट सावित भएको सिप्रदीको दावी छ । साथै कम्पनीले लिएको आफ्टर सेल्स सर्भिसले पनि गाडीको बजार बढाउन सहयोग पुगेको छ ।

अहिले टाटाले आफैंले गाडी ल्याई २४ घण्टाभित्रै सर्भिस गरेर फिर्ता गर्ने, ४८ घण्टा कटे ग्राहकलाई क्षतिपूर्ति नै दिने लगायतका सेवा दिइरहेको छ । त्यसैगरी हतारमा गाडी सर्भिस गराउनुपर्ने बाध्यता भए फास्ट ट्रयाक सर्भिस पनि दिइरहेको छ ।

प्रत्येक ग्राहकको ‘प्रोफाइल’ बनाएर सर्भिसलाई प्रभावकारी बनाउन सिप्रदी तल्लीन छ । यसैको मद्धतमा जेस्टले नेपालमा आफ्नो ‘प्रभुत्व’ बढाउँदै लगेको छ । यसमा सिप्रदीको साख, टिमको मेहेनत र  उत्कृष्ट तवरको ब्यवस्थापनको पनि ठूलाे हात छ ।

कस्तो गाडी हो जेस्ट ?

चार मिटर लम्बाईको कारलाई एउटा पर्फेक्ट सेडानको रुपमा प्रस्तुत गर्नु कम्ति चुनौतिपूर्ण हुँदैन । तर, टाटाको जेस्टले यो चुनौतिलाई चिरेको छ र आफूलाई एउटा ‘कम्प्लिट कार’का रुपमा प्रस्तुत गरेको छ ।

सेडानमा आफूलाई अब्बल सावित हुनुमा यसका महत्वपूर्ण विशेषताहरु प्रमुख रहे । इन्डिकाको डिजाइनलाई छिचोल्दै उपभोक्तालाई थप आकषिर्त गर्ने गरी यसलाई प्रस्तुत गर्दा टाटा जेस्टमा निकै सफल विन्दुमा पुगेको हो ।

जेस्टलाई टाटाले नयाँ फेसका रुपमा परिचित गराएको थियो । यो सफल हुँदा टाटाले आफूलाई अब थप परिस्कृत रुपमा अघि बढ्न बल पुगेको छ ।

फ्रन्ट ग्रीलको साथमा प्रोजेक्टर हेड ल्याम्पका कम्बिनेशनले जेस्टलाई आकर्षक बनाएको छ । १५ इन्चको एलो-ह्वीलले स्पोर्टी लुक्स दिन्छ ।

ओभरअल लुक्समा यो टाटा फेमिलीको बिल्कुलै फरक कारका रुपमा प्रस्तुत भएको छ । यसले अहिलेको जेनेरेशनको लगाव र धारणालाई प्रतिनिधित्व मात्रै गर्दैन, प्रतिबिम्बित पनि गर्छ ।

फ्रेस इन्टेरियर

अझ यसको असली मज्जा त इन्टेरियरमा छ । यसको इन्टेरियर एउटा फ्रेस एटिट्युडको साथमा तयार छ । यसको इन्टेरियरको तुलना अरु कम्पनीका सेडानसँग गर्ने हो भने यो पछि पर्ने अवस्था छैन । खासमा इन्टेरियरमा कलर कम्बिनेशन निकै सानदार छ ।

सँगै क्याबिन स्पेशको मामिलामा यो अरुमाथि भारी परेको छ । जेस्टको पछिल्लो सीटमा ३ जना आरामसँग बस्न सकिन्छ । यो बाहेक हेडरुम रलेगरुममा पनि कुनै कमी महसुस हुँदैन ।

टाटाका इञ्जिनियरले ठूलो अनुसन्धान र मेहेनतका साथ जेस्टको डिजाइन तयार गरेका छन् । यसैको बलमा अटो दुनियाँको एउटा उत्कृष्ट र बलियो खेलाडीको रुपमा देखिएको छ ।

उत्कृष्ट ‘फिचर्स’ले सुसज्जित


हाइवेमा सिधा बाटो होस् या घुमाउरो मोड चालकको कन्फिडेन्टमा कमी हुँदैन । हाइटेक म्युजिक सिस्टम बनाउने कम्पनीले जेस्टका लागि इन्फोटेन्मेन्ट सिस्टम डेभलप गरेको छ ।

तपाईं आफ्नो फोनलाई ब्लुटुथमार्फत यसमा कनेक्ट गरेर भ्वाइस कमान्ड पनि दिन सक्नुहुन्छ ।

आफ्नो एसएमएस पनि तपाईं यही सिस्टममा पढ्न सक्नुहुन्छ । स्पीकर पनि यसमा अब्बल किसिमको छ, जसले तपाईंलाई गाडीभित्र म्युजिकमा रमाउन प्रेरित गरिराख्छ ।

सेफ्टीमा अब्बल

बेसिक फिचर्सका अलावा जेस्टमा सुरक्षाका विभिन्न सुविधाहरु पनि छन् । सवारी चलाउँदा चालक र यात्रु सुरक्षित रहनुपर्ने माान्यतालाई महत्व दिँदै टाटाले अनुसन्धानमार्फत आएका निश्कर्षहरुलाई जेस्टमा लागु गरेको छ ।

सुरक्षामा सम्झौता नगर्ने टाटाको नीति यहाँ पनि प्रस्तुत छ । डुअल एयर ब्याग, एबीएस सिस्टम, सेन्ट्रल लक, पार्किङ सेन्सर, अटो एसी, डे-नाइट रनिङ लाइट जस्ता फिचर्स यसमा छन् ।


पर्फमेन्स

टाटा जेस्टको नयाँ पेट्रोल इञ्जिनलाई लिए सुरुमा उत्साहित थियो । वाटर कुल्ड टर्बो चार्जर लगाइएको यो इञ्जीन ८९ बीएचपीको पावर र १४० एनएमको टर्क उत्पादन गर्छ । इञ्जनको पावर रपीक अप दुबै उत्कृष्ट छ र यसको स्मुथनेशले पनि चालकलाई सुन्तुष्ट बनाउँछ ।

जेस्टको पेट्रोल भेरियन्टमा ११९३ सीसी इन्जिन छ । यसमा भएको अत्याधुनिक वाटर कुल्ड टर्बो चार्जरले उल्लेखनीय इन्जिन पर्फमेन्स दिन्छ ।

खास कुरा यो कारमा ड्राइभ मोडको अप्सन पनि मिल्छ, जसले यलाई एउटा लक्जरी कारको रुपमा प्रस्तुत गरिदिन्छ । सिटी ड्राइभिङ कन्डिसनको हिसावमा यसमा सिटी मोड छ भने ज्यादा माइलेज चाहाँदा इको मोडमा चलाउन सकिन्छ । इकोमुडमा पनि तपाईले पावरको कमी महसुस गर्नुपर्दैन । अझ स्र्पोट्स मोड पनि यसमा छ ।

यसमा माइलेजको चिन्ता छाडेर गाडीको मज्जा लिने हो भने यो मोडमा जेस्ट ड्राइभ गर्नुस् । यो मोड हाइवेका लागि उपयुक्त हुन्छ । नर्मल मोड सिटी र ट्राफिकका लागि उपयुक्त हुन्छ । पहाडी बाटोमा यत्रा गर्दा भने अटो मोडले सहजता ल्याउँछ ।

उच्च क्षमताको यसले प्रतिघन्टा १ सय ५४ किलोमिटरको उच्च गति र १७.६ किलोमिटरको माइलेज दिन्छ ।

त्यस्तै, डिजेल १.३ लि क्वाड्राजेटले प्रतिघन्टा १ सय ५८ किलोमिटर गति र प्रतिलिटर २३ किलोमिटर माइलेज दिन्छ । यसको ग्राउण्ड क्लेयरेन्स १७५ मिलिमटिरको छ ।

समग्रमा भन्दा डिजाइन, इन्टेरियर, इन्जिन तथा पर्फमेन्समा टाटाको अन्य मोडलहरुभन्दा उत्कृष्ट छ टाटा जेस्ट । ‘इन्जिनीयरहरुले आवरणमा मात्र नभई प्रविधि र यान्त्रिक रुपमा पनि उत्कृष्ट काम गरेका छन्,’ टप गियर इण्डियाका देवेश शोभाले भनेका छन् ।

समीक्षकलाई मनपरेको जेस्ट

कार समीक्षाको लागि विस्तृत पोर्टल अटोकार इण्डियाले भिस्टाको जस्तो छाया-आकृति भएको यो कारलाई शार्प र युवापन भरिएको भनेको छ ।

यसको अगाडिको भागमा आक्रमक नाक, उत्कृष्ट रुपमा बनाइएको बम्पर, प्रोजेक्टरयुक्त बढाइएको हेडल्याप्म, हेडल्याम्पमा भएको न्यू गि्रल र बोनटमा माइल्ड पावर बल्ज रहेका छन् ।

यसको आकर्षक एक्स्टेरियरलाई अझै उत्कृष्ट बनाएको छ यसको उच्चस्तरीय इन्टेरियरले । यसको ड्यासबोर्ड लेआउट आकर्षक छ । यो समूहकै पहिलो टच स्क्रीन इन्फोटेन्मेन्ट र भ्वाइस कमाण्ड विचार शील भएको र औसत दक्षिण एशियाका परिवारको लागियसको क्याविन स्पेसियस छ ।

समीक्षकहरुले पनि टाटा जेस्टको इन्जिनको मूल्याकङ्न गर्दा उत्कृष्ट भनेका छन् । अनलाइन रिभ्यू पार्टल कार देखो डटकमका पृथ्वी राधाकृष्णले यसको १.२ लिटर पेट्रोल पावर प्लान्टमा इकोनमी, सिटी र स्पोर्टगरी तीनवटा ड्राइभिङ मोडयुक्त सिफ्ट-अन-फ्लाई विशेषता भएको भनेका छन् ।

‘यसले गर्दा दक्षिण एसियाको बाटोहरुमा चाहिने आवश्यकताहरु पूरा गर्दछ भने यसले बिगि्रएको तथा खाल्डा खुण्डी भएको बाटोहरुमा चलाउँदा पनि गुणस्तर र आत्मविश्वास प्रदान गर्छ’ भनि राधाकृष्णले भनेका छन् ।

जेस्टलाई जस्तो बाटोमा लाँदा पनि सजिलै चलाउन सकिने कारको रुपमा समीक्षकहरुले ब्याख्या गरेका छन् ।

टाटाको ‘विजेता’ गाडी

टाटा जेस्टले भारतको कार बजारमा विभिन्न समूहमा अवार्डहरु जितेको छ । टाटा मोटर्सको प्रभावशाली मोडल भनेर धेरैले प्रशंसा पाएको यो कारले ताज ल्याण्ड्स एण्डमा जनवरी ९, २०१५ मा भएको ब्लूमबर्ग टिभी अटोकार इण्डिया अवार्ड्स-२०१५ जितेको छ ।

भारतको अग्रणी अंग्रेजी विजनेस न्यूज च्यानल ब्लूमबर्ग टिभी इण्डिया तथा भारतको अटो इण्डष्ट्रीको विस्तृत म्यागजिन अटोकार इण्डियाले संयुक्त रुपमा ल्याएको यो अवार्ड कार उत्पादक तथा खरिदकर्ताहरुद्वारा पनि प्रशंसित छ ।


भारतमा कार समीक्षाको लागि चर्चित अनलाइन पोर्टलहरु टीम बिएचपी र मोटरबिमले पनि टाटा जेस्टलाई कार अफ द इयर २०१४ अवार्डबाट पुरस्कृत गरेका थिए ।

यी पोर्टलका प्रयोगकर्ताहरुले यो कारलाई उचित मूल्यको कार भनेका गरेका छन् । यसैगरी, टाटा जेस्टले सिआइआई डिजाइन एक्सिलेन्स अवार्ड २०१४ पनि जितेको छ ।

यो अवार्ड सन् २०११ मा  कन्फिडेरेशन अफ इण्डियन इण्डस्टि्रजले डिजाइनलाई राष्ट्रिय प्रतिस्पर्धाको रुपमा अगाडि ल्याउन सुरु गरेको हो ।

कमर्सियल गाडी, विशेष प्रायोजनका गाडी तथा दुई पांग्रेहरुको मोबिलिटी समूहमा टाटा जेस्टले पाँच विभिन्न समूहको प्रतिस्पर्धालाई उछिन्दै सम्पूर्ण अवार्डहरु जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment