Comments Add Comment

सलमानले यसकारण दिए साहरुखलाई धन्यवाद


मित्रबाट दुश्मन र दुश्मनबाट मित्र बनेका नायक सलमान खान र शाहरुख खानले ‘करण अर्जुन, कुछ कुछ होता है, हम तुम्हारे है सनम’ जस्ता चलचित्रमा सगै काम गरे ।

बलिउड चलचित्र उद्योगका यी दुई खान १० वर्षपछि फेरि सँगै पर्दामा देखिदैछन् । सलमानको खानको प्रदर्शनका लागि तयार भएको चलचित्र ‘ट्युबलाइट’मा शाहरुख खान अतिथी कलाकारको भुमिकामा देखिएका छन् ।

सलमान खानको भनाई अनुसार चलचित्रको एउटा महत्वपूर्ण मोडमा साहरुखको भुमिका आवश्यक थियो । उनी साहरुखप्रति आभारी पनि रहेछन् । भन्छन्-‘म साहरुखप्रति आभारी छु । उनले मेरो चलचित्रमा अतिथीको भूमिका निर्वाह गरिदिए ।’ पछिल्लो पटक सन् २००७ मा हिन्दी चलचित्र ‘ओम शान्ति ओम’मा पछिल्लो पटक साहरुख र सलमान एकसाथ देखिएका थिए ।

यस चलचित्रमा सलमान खानका भाइ सोहिल खान सलमानको भाईको भुमिकामा देखिएका छन् । २५ जूनबाट यो चलचित्र रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment