Comments Add Comment

‘लिला’मा संचिताकाे चोलो र फरियामा छमछमी


चलचित्र ‘लिला’मा समावेश एक लोकलयको गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा नायिका संचिता लुइटेल र कलाकार राज कुटवालले भिडियोमा नायिका संचिता नेपाली पहिरन चोलो र फरियामा सजिएकी छन् भने राज ढाकाको दौरा सुरुवालमा ठाटिएका छन् ।

लक्ष्मण बस्नेतको शब्द, रमेश खड्काको संगीत, सचिन राई र अन्जु पन्तको स्वर रहेको गीतको भिडियोमा कोरियोग्राफी गरेका छन् । सिक्किम र दार्जलिङका बिभिन्न लोकेसनमा यो भिडियोको छायांकन गरिएको छ । सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र ‘लिला’लाई निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता सीपी पौडेल हुन् ।

लक्ष्मण बस्नेत, विमला घिमिरे निर्माता रहेको चलचित्रको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् । चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, ध्रुव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, पंकज नेपाल, स्वानीका बास्तोला लगायतको अभिनय छ ।

प्रेम, एक्सन, सस्पेन्सलाइ मुख्य आधार बनाएर चलचित्र तयार पारिएको छ । लगायत बिषयले भरिपुर्ण चलचित्र भएको निर्माता प्रस्तुतकर्ता कृष्ण प्रसाद दंगालले बताए । चलचित्र भदौ ३० गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment