Comments Add Comment

‘कुल ४ अर्ब बाँकी दाबी भुक्तानीमध्ये कम्पनीको दायित्व ८ करोड मात्र हो’

बिमा समितिले हालै थप नयाँ जीवन तथा निर्जीवन बिमा कम्पनीहरुलाई अनुमति दिने तयारी गरिरहेको छ । समितिले पुराना कम्पनीहरुको लागि पनि चुक्ता पुँजीको नयाँ मापदण्ड तोकिदिएको छ । यसअनुसार जीवन बिमा कम्पनीले २ अर्ब र निर्जीवन बिमा कम्पनीले १ अर्ब पुँजी पुर्‍याउनु पर्ने भएको छ । यही क्रममा हिमालयन जनरल इन्स्योरेन्सले १ बराबर १.६६६७ अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ । कम्पनीको दाबी भुक्तानी बापत तिर्नुपर्ने रकम पनि उच्च छ, यसले लगानीकर्तामा संशय पनि जगाएको छ । यसै सन्दर्भमा अनलाइनखबरका विजयराज खनालले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिल बर्जाचार्यसँग गरेको कुराकारीको सारसंक्षेपः-

अहिले नयाँ बिमा कम्पनीहरुले पनि सञ्चालन अनुमति पाउने भएका छन्, यसले बजारको दायरा बढ्छ की बजार हिस्सा बाड्नु पर्ने अवस्था आउँछ ?

नयाँ कम्पनीहरु आउँदा सुरुमा अहिले भइरहेको बजार नै बाँडिने सम्भावना छ, किनभने बजार आजको भोली नै बिस्तार भइहाल्ने होइन । तर, नयाँ कम्पनीहरु आएपछि उनीहरुले बजार बिस्तारको लागि गर्ने प्रयासहरु, पुराना कम्पनीहरुले पनि दायरा बिस्तार गर्न कदमहरु चाल्ने भएकोले यसलाई सकारात्मक रुपमा नै लिनुपर्छ । बजारमा प्रतिस्पर्धा भनेको नियमित प्रक्रिया हो ।

कम्पनीहरु थपिएपछि जनशक्ति अभावको कारण भएकै जनशक्तिहरुले संस्था परिवर्तन गरिरहने सम्भावना बढ्ने देखिन्छ, कस्तो होला अवस्था ?

केही प्राविधिक जनशक्तिले कम्पनी परिवर्तन गर्नु कुनै आश्चर्य होइन । तर सकारात्मक कुरा के छ भने थप कम्पनीहरुका कारण बजारमा नयाँ जनशक्तिले अवसर पाउनेछ । नेपालमा पनि बिमा विषयमा स्नातक गरेका युवाहरु प्रशस्त उपलब्ध हुन थाली सकेको छ । उनीहरुले अवसर पाउने छन् ।

अब कम्पनीको कुरा गरौं, हकप्रद जारी गरेर पुँजी १ अर्ब पुर्याउने रणनीतिमा हुनुहुन्छ, त्यसपछि केही वर्षको लागि लगानीकर्ताले बोनश र हकप्रद पाउने सम्भावना अन्त्य हुने हो ?

कम्पनीले चुक्ता पूँजी रु. १ अर्व पुर्याउनु भनेको कम्पनीलाई अझ सशक्त एवं बलियो बनाउनु हो । यसबाट कम्पनीको जोखिम धारण क्षमतामा वृद्धि भई मुनाफामा पनि बृद्धि हुन जान्छ । तसर्थ, लगानीकर्ताहरुलाई पनि नियमित प्रतिफल सुनिश्चित हुन जान्छ ।

राम्रो ठला कम्पनीहरु संस्थागत ग्राहकहरु हुनु भनेको कम्पनीको विश्वसनीयताको प्रतिक हो । संस्थागत ग्राहकहरुले बिमा कम्पनीको उचित मूल्यांकन गरेर मात्र बिमा सेवा लिने हुनाले कम्पनीको बिमा सेवा उच्चस्तरिय रहेको मान्नु पर्दछ ।

कम्पनीको कुरा गर्दा बिमा समिति र तपाईहरुले वित्तिय विवरणमा प्रकाशित गर्नुभएको तथ्यांकले लगानीकर्तालाई दुविधामा पारेको छ । तपाईहरुको कुल भुक्तानी हुन बांकी दाबी (भूकम्पको कारण परेको सहित) कति हो ?

दुविधा हुन जरुरी छैन । कम्पनीले महाभुकम्पको कारण भएको क्षतीको हकमा भुक्तानी गर्न बांकी खुद दाबी रकम करिब रु. १० लाख भन्दा कम मात्र हो । भूकम्पपछिको दाबी भुक्तानी गर्न बाँकी कूल दाबी रकम करिब रु. १ अर्ब ५ करोड मध्ये अधिक्तम अंश पूनर्वीमकबाट व्यहोर्ने हो । महा भुकम्पको कारण हालसम्म कम्पनीले भुक्तानी गरेको कूल दाबी रु. ३ अर्ब ९३ करोडमा कम्पनीले आफुले लिएको दायित्व मात्रै रु. १ करोड भन्दा कम थियो ।

तसर्थ, बिमा कम्पनीको मूल्यांकन गर्दा खुद दावी भुक्तानी वा खुद भुक्तानी गर्न बांकी दायित्वलाई हेर्नुपर्दछ । हाल भूकम्प र अन्य गरि तिर्न बाँकी कूल दाबी करिब रु ४ अर्ब ३७ करोड मध्ये करिब रु ८ करोड मात्र कम्पनीको दायित्वको अंश हो ।

तपाईहरुले पुनरबिमा र क्याटष्ट्रफी फण्डको राम्रो उपयोग गर्नुभएको इक्रा नेपालको रेटिङ अध्ययनले देखाउँछ, अहिले पनि दायित्व बढि पुनरबिमा कम्पनीलाई नै सार्नु भएको छ ?

हालै हकप्रद सेयर निष्काशनको लागि इक्रा नेपालले ग्रेड ३ रेटिङ दिएको छ । बिमा भनेको जोखिम व्यवस्थापनको व्यवसाय हो । पूनर्वीमा गर्नु भनेको बिमा व्यवसायको अन्तरनिहित प्रक्रिया हो । कम्पनीले आफ्नो आर्थिक अवस्थामा प्रतिकुल असर नपर्ने गरी प्रत्येक जोखिमको सीमा तोकेर खूद धारण गरी बाँकी पूनर्वीमा गरेको हुन्छ । कुनै पनि बिमा कम्पनीको आफ्नो कोषबाट मात्र क्षति व्यहोर्ने क्षमता रहदैन ।

तपाईहरुको बजार हिस्सा घट्दै गएको उल्लेख इक्राले गरेको छ । सुधारको लागि के कस्तो प्रयास गर्दै  हुनुहुन्छ ?

बजार हिस्सा बढाउनको लागि कम्पनीले शाखा विस्तार गरी बिमाको पुहँच बढाउने तथा खुद्रा कारोबारको लागि व्यापक बजारीकरण गर्ने रणनीति लिएका छौं । आगामी वर्षमा कम्पनीको शाखा २० वटा हुनेछ ।

तपाईहरुको व्यवसायको हिस्सा मोटर सेग्मेन्टमा बढि केन्द्रित छ । यता बैंकहरुबाट सवारी कर्जा जारी गर्ने क्रममा सुस्तता आएको छ, यसले व्यवसाय विस्तारमा कतिको चुनौती थपिने छ ? अन्य सेग्मेन्ट कतिको विस्तार गर्ने लक्ष्य छ ?

सवारी कर्जामा क्षणिक समस्या मात्र हो, दिर्घकालसम्म रहँदैेन । नेपालमा सार्वजनिक सवारीको उचित व्यवस्था नभएको अवस्थामा सवारी साधन भनेको अत्यावश्यक वस्तु हो । यस बजार बढ्नुको विकल्प छैन ।

कम्पनीले व्यक्तिगत क्षेत्रका बिमा ‘पर्सनल लाइन’ जस्तै आवास, दुर्घटना, औषधोपचार, भ्रमण आदि क्षेत्रको बिमाका साथै कृषि र लघु बिमाको ब्यापक रुपमा बजारीकरण गर्ने रणनीति लिएको छ ।

कम्पनीले आफ्नो आर्थिक अवस्थामा प्रतिकुल असर नपर्ने गरी प्रत्येक जोखिमको सीमा तोकेर खूद धारण गरी बाँकी पूनर्वीमा गरेको हुन्छ । कुनै पनि बिमा कम्पनीको आफ्नो कोषबाट मात्र क्षति व्यहोर्ने क्षमता रहदैन ।

ग्रस प्रिमियम रिर्टनको आधारमा हेर्दा तपाईहरु ठुला संस्थागत ग्राहकमा बढि केन्द्रित हुनुहुँदो रहेछ, यसको लाभ बढि देख्नु भएको हो ?

राम्रो ठला कम्पनीहरु संस्थागत ग्राहकहरु हुनु भनेको कम्पनीको विश्वसनीयताको प्रतिक हो । संस्थागत ग्राहकहरुले बिमा कम्पनीको उचित मूल्यांकन गरेर मात्र बिमा सेवा लिने हुनाले कम्पनीको बिमा सेवा उच्चस्तरिय रहेको मान्नु पर्दछ ।

बिमा कम्पनी ‘पारिवारिक ग्रिप’मा चलेको छ भनिन्छ, तपाईहरुको संस्थामा पनि ५० प्रतिशत बढि सेयर श्रेष्ठहरुको रहेछ, के यसलाई कुनै समूह विशेषमा निहित संस्था भनेर बुझ्न मिल्छ ?

यो बिमा ऐन एवं संस्थागत सुशासनको अधिनमा रही सञ्चालित नितान्त व्यवसायिक पब्लिक लिमिटेड कम्पनी हो ।

अर्को एउटा प्रश्न सेयर बजारसँग सम्बिन्धत राखौं, धेरै सोध्छन् कि अर्ब माथी नाफा कमाउने बैंकभन्दा बिमा कम्पनीको मूल्य किन बढि ? तपाई के भन्नुहुन्छ ?

यो बजारले निर्धारण गर्ने कुरा हो । खुल्ला बजारमा सेयर मूल्य माग र आपुर्तीको आधारमा निर्धारण हुने कुरा हुन् । यत्ति नै भनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment