Comments Add Comment

साउदी राजकुमारले जुवामा हारे ३६ करोड डलर र पाँचवटी श्रीमती !

सायद यिनी कलियुगका युधिष्ठिर नै हुन् भन्नुपर्दछ । जसले जुवामा आफ्ना श्रीमतीहरु दाउ लगाए र पाँचवटी श्रीमती नै जुवामा हारे । श्रीमतीलाई दाउ लगाउनु अघि उनले जुवामा झण्डै ३६ करोड डलर अर्थात् १ अर्ब ३५ करोड साउदी रियाल हारेका थिए ।

जुवामा धनसम्पत्ति र स्वास्नी समेत हार्ने महापुरुष हुन् साउदी अरबका राजकुमार मजिद बिन अब्दुल्लाह अल साउद । उनी लागुऔषध तथा जुवाका लागि विश्वभरनै कुख्यात छन् । तर पछिल्लो उनको जुवा अझ चरम रुपमा प्रस्तुत भयो ।

इजिप्टको शार्म अल शेखमा रहेको सिनाई ग्राण्ड क्यासिनोमा एक हप्ता बिताउँदा उनले अनलिमिटेड स्टेक्स पोकर टेवलमा ६ घण्टा बिताएर जुवा खेलेका थिए । त्यसक्रममा उनले आफुसँग भएको ३६ करोड डलर सके र ऋण पनि लाग्यो । त्यसपछि जुवामा लागेको ऋण तिर्नका लागि उनले आफ्ना ५ वटा श्रीमतीलाई अढाई करोड डलरमा दाउ लगाए । उनले श्रीमतीहरु दाउमा हारे र त्यहीँ छाडेर हिँडेको बताइएको छ ।

राजकुमारले जुवामा हारेर क्यासिनोमा छाडिएका रजघरानाका बुहारीहरुको अवस्था के हुने भन्ने प्रष्ट नभएपनि साउदी राजपरिवारले उनीहरुलाई छिटै नै जुवाघरसँगबाट खरीद गरेर साउदी फर्काउने अनुमान गरिएको छ । यदि त्यसो भएन भने उनीहरु केही महिनामै यमन र कतारमा लिलामीमा बेचिनेछन् ।

साउदी राजकुमार अल साउद यस्ता विवादमा आएको यो पहिलोपटक होइन । गत वर्ष उनले अमेरिकामा एक पुरुष सहयोगीमाथि यौनहिंसा गरेको र घरेलु महिला कामदारमाथि पनि बलात्कार गरेको आरोप लागेको थियो ।

यो पटक जुवामा ठूलो रकम सँगै पत्नीहरु समेत हारेपछि यी राजकुमारको शेखी झर्नुका साथ टाट पल्टिने अवस्था आएको र अब परम्परागत जिवनशैली तर्फ फर्किने सम्भावना रहेको बताइएको छ ।

(व्यंग्यात्मक तथा मनोरञ्जनात्मक काल्पनिक समाचारहरु प्रकाशित गर्ने वेबसाइट  worldnews daily report.com ले प्रकाशित गरेको यो समाचार कपोलकल्पित तथा झुटो हो । तथापि विश्वका केही सञ्चार माध्यमले यसलाई साँचो समाचार झैँ गरी प्राथमिकताका साथ छापे । यो खबर रोचक भएको हुँदा हामीले विचित्र संसार स्तम्भमा छापेका छौँ – सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment