Comments Add Comment

उपत्यकामै छुवाछुतः महिला बस्ने पसलका पूजासामग्री अछुतो !

२५ जेठ, काठमाडौं । २१ औं शताब्दीमा पनि सहरका पूजासामग्री बेच्ने पसलमा महिला बसेकी छन् भने ग्राहकहरु भड्किने गरेको पाइएको छ । कारण भने साधारण छ, रजस्वला हुँदा पनि उनीहरु पसलमा बसेर पूजासामग्री बेच्छन् कि भन्ने ।

यही गलत धारणाका कारण ग्राहकहरु पूजासामग्रीको पसलमा साहुजी देख्यो भने मात्रै सामान किन्ने गर्छन्, अन्यता अन्यत्रै मोडिन्छन् ।

सहरका किराना, तरकारी, फलफूल, मिठाई पसलदेखि पानी बिक्री गर्ने पसलमा प्रायः ग्राहकले साहुजी या साहुनी जो बसून्, खासै चासो राख्दैनन् । भलै उनीहरु महिनाकै ३० दिन पसलमा बसून् ।

तर, गाउँ टोलका यस्ता पसलमा महिनाको तीसै दिन साहुनी पसलमा बसेको देखे भने मन अमिलो पार्छन्, केही निहुँ पारी त्यसै फर्कन्छन् ।

अझै पूजाको सामान बिक्री गर्ने सहरकै पसलमा पनि साहुनी बसेको देख्यो भने बूढापाका त हतपत पसलमै जाँदैनन् । कारण, महिनावारी भएकी साहुनी पसलमा बसेर सामान बेचिन् भने छोइन्छ भन्ने नै हो । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment