Comments Add Comment

‘पोखराकी काली’मा नीशा र गजितको जोडी


चलचित्र ‘मायोज बार’बाट नेपाली रजतपटमा जोडीको रुपमा उदाएका नायक गजित बिष्ट र नायिका नीशा अधिकारी साता बर्षपछि फेरि एकसाथ पर्दामा देखिएका छन् ।

यी दुइको मुख्य भूमिका रहेको चलचित्र ‘पोखराकी काली’को हाल धमाधम चितवनमा छायांकन भैरहेको छ । विमल पौडेलको लेखन तथा निर्देशनमा तयार भैरहेको यो चलचित्रमा विश्वासको लगानी छ ।

चलचित्रलाई पूर्ण कमेडी बिषयमा निर्माण गरिनेछ । चलचित्रमा गजित र निशाको अलवा सरोज खनाल, लय संग्रौला, सुवास गजुरेल, सुरबीर पण्डित, मनोज श्रेष्ठ, विरेन डीसी लगायतका कलाकारको पनि अभिनय छ ।

रेड हाउसको ब्यानरमा यो चलचित्र निर्माण भैरहेको छ । संचारकर्मी रवि अधिकारी चलचित्रका कास्टिङ डीरेक्टर हुन् । चलचित्रको छायांकन ४० दिनमा सक्ने निर्देशक पौडेलको भनाई छ ।

चलचित्रमा बिपिन आचार्यको संगीत, कमल राईको नृत्य, लक्ष्मण घिमिरेको छायांकन, रबि बराली र प्रकाश कर्माचार्यको एक्सन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment